विभिन्न समस्याहरु विषयमा उजेरी बस्तीको ग्राम सुधार समितिद्वारा खरसाङ नगरपालिकामा ज्ञापन

Share this news

खरसाङ, (निसं): खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर 19 स्थित उजेरी बस्तीका 66 घरधुरीलाई समेटेर गठित ग्राम सुधार समितिका प्रतिनिधिहरूले आज नगरपालिकाका अध्यक्ष र उपाध्यक्षलाई भेट गरी विभिन्न मागसहितको ज्ञापन पत्र बुझाएका छन्‌‍। उक्त ज्ञापन पत्रमा हाउसिङ फर अल योजनाको रकममा देखिएको अनियमितता, स्वच्छ पेयजल उपलब्धताको अभाव, सड़कको मरम्मति, ग्रामवासी धिरज पहरीको घर छेउको पैह्रोको जोखिम, क्याच ड्रेनको निर्माण आवश्यकता जस्ता विषयहरू स्पष्ट रूपमा उठाइएको जानकारी प्राप्त भएको छ। त्यस्तै स्ट्रीट लाइटको संख्या वृद्धि गर्नुपर्ने आवश्यकता पनि समितिले औँल्याएको छ। भेटपछि ग्राम सुधार समितिका पदाधिकारी लाक्पा लामा र सन्तोष पहरीले पत्रकारहरुलाई सम्बोधन गर्दै खरसाङ नगरपालिकाको तर्फबाट सकारात्मक आश्वासन प्राप्त भएको जानकारी दिएका छन्‌‍।उनीहरूका अनुसार आगामी दिनहरूमा उक्त विषयहरूमा कार्यान्वयनको अपेक्षा गरिएको छ।

Share this news
आजको रोजाइ
२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

श्रेयसको कप्तानीमा युवा भारतीय टोली समक्ष जिम्बाब्वेको कड़ा चुनौती

भारतमा आजदेखि ब्रिक्स स्वास्थ्य मन्त्रीहरूको बैठक, चण्डीगढमा स्वास्थ्य सुरक्षा र डिजिटल स्वास्थ्यमा केन्द्रित छलफल

१५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक फ्रान्सबाट पारित

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

राशन डिलर्स एसोसिएसनको टोलीद्वारा बिमल गुरुङसँग भेटवार्ता

सिक्किम सुरुङ दुर्घटना: मृत्यु हुनेको संख्या २० पुग्यो, फसेका ५ कामदारको उद्धार गर्न गम्भीर अभियान जारी

“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग