युवासाथी प्रकल्पको पञ्जीकरण भीड़को साथमा

Share this news

खरसाङ, (सुवास छेत्री): राज्य सरकारद्वारा युवा वेरोजगारहरूको निम्ति प्रदान गरिने भनिएको मासिक पन्ध्र सय रूपियाँको युवासाथी प्रकल्पको निम्ति खरसाङ खण्ड विकास कार्यालयमा फारम भर्नेहरूको निक्कै घुइँचो देखिएको छ। गत आइतवारदेखि शुरू गरिएको यस क्याम्पमा प्रत्येक दिन प्रायः दुईसयभन्दा अधिक युवाहरूले फारम बुझाइ रहेका छन्‌‍।

यसबारे खरसाङ खण्ड पञ्चायत समिति अध्यक्ष अनु छेत्रीले राज्य सरकारद्वारा प्रदान गरिने यस सहुलियतको सबैले लाभ उठाउने आग्रह गरेकी छन्‌‍। तिनले यस सम्बन्धमा कुनै पनि असुविधा भए अथवा अप्ठ्याराहरू परे खरसाङ पञ्चायत समिति सदैव उनीहरूलाई सहयोग गर्न तत्पर रहेको जनाएकी छन्‌‍। तिनले पन्ध्र सय रूपियाँ कुनै ठूलो रकम नभए पनि तर युवा वेरोजगारहरूको निम्ति यसले ठूलो आर्थिक सहायता पुग्ने जनाउँदै सबै युवाहरूलाई यसको फारम भरेर बुझाउने आग्रह गरेकी छन्‌‍।

यता फारम भर्न आएका युवाहरूले राज्य सरकार अनि मुख्यमन्त्री ममता ब्यानर्जीप्रति आभार प्रकट गर्दै मासिक पन्ध्र सय रुपियाँ पनि तिनीहरूको निम्ति अतिनै महत्त्वपूर्ण रकम रहेको जनाए। फरम भर्न तिनीहरूलाई कुनै असुविधा नभएको जनाउँदै यसको निम्ति खण्ड विकास कार्यालयले पनि धेरै सहयोग प्रदान गरिरहेको तिनीहरूले जनाए। फारम आगामी 26 फरवरीसम्म भरिने जानकारी खण्ड विकास कार्यालयले दिएको छ।

Share this news
आजको रोजाइ
रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

आजको रोजाइ