भाजपा उम्मेद्वार सोनाम लामाले गुम्बा र महादेव धाममा पूजापछि गरे चुनाउ प्रचार आरम्भ

Share this news

खरसाङ,  (निसं)ः 24 खरसाङ विधानसभा समष्टिबाट भाजपाका उम्मेद्वार रहेका सोनम लामाले शनिवार खरसाङ्को मन्टभियट रोजमा रहेको टासी साम्तेनलिङ गुम्बा, अम्बटे चिया बगानको बसेरीमा रहेको महादेव धाममा पूजा अर्चना गरेर आफ्नो चुनावी आभियानको आरम्भ गरेका छन्‌‍। गुम्बा अनि मन्दिरहरूमा पूजा अर्चनाको कार्यक्रममा भाजपा दार्जीलिङ जिल्ला उपाध्यक्ष आरबी लामा अनि अन्य पार्टीका नेतृत्वहरू पनि तिनको साथमा देखिएका थिए।

टासी साम्तेनलिङ गुम्बामा लामाले 108 बत्ती बालेका थिए भने गुम्बामा साङ्गेसित अभियानको निम्ति बल मागेको थिए अनि लामा धर्मगुरुहरुबाट आशीर्वाद लिएका थिए। लामाले गुम्बा र मन्दिरको दर्शन गरी चुनाउ अभियानको आरम्भ गरेको बारेमा आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्‌‍, आज मन्टभियट रोडको टासी साम्तेनलिङ गुम्बामा पुगेर पूज्य गुरुहरूबाट आशीर्वाद ग्रहण गर्ने सौभाग्य प्राप्त भयो। भगवान्‌‍ गौतम बुद्धले देखाउनुभएको मार्ग शान्ति, करुणा, सत्य र सहिष्णुताको मार्ग हाम्रो जीवन र राजनीतिक यात्राको मूल आधार हुनुपर्छ। आजको यस पवित्र क्षणले मलाई अझ दृढ़ बनाएको छ।

हामीले समाजमा एकता, सद्भाव र विकासलाई अघि बढ़ाउँदै सबैका लागि न्यायपूर्ण भविष्य निर्माण गर्नुछ। आउनुहोस्‌‍, बुद्ध भगवानको सिद्धान्तलाई आत्मसात गर्दै हामी सबै मिलेर परिवर्तन, प्रगति र शान्तिको नयाँ अध्याय सुरु गरैाँं। धर्म, संस्कार र जनताको आस्थासँग जोड़िएर आरम्भ गरिएको यो अभियानले खरसाङ्मा सकारात्मक परिवर्तनको सन्देश दिने विश्वास लिएका छौंँ भन्दै तिनले अम्बटे चिया बगानको बसेरीमा रहेको महादेव धाममा भक्तिभावका साथमा पूजा गरेका थिए।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ