महिलाहरु स्वनिर्भर बन्न मझुवामा तालिम दिइयो

Share this news

मजुवा, 20 जुन (निसं): मजुवा ग्राम पञ्चायतको पहलमा एक दिवसिय जनचेतना शिविरको आयोजना गरिएको छ। मजुवा ग्राम पञ्चायत प्रधान रोगेन वङदी लेप्चाको विषेश उपस्थितिमा सम्पन्न शिविरमा हेडेन हल दार्जीलिङ रिचल छेत्री एचओटी स्वस्थ्य विभाग, मेरी जमुना गुरूङ एचओटी सिप विकास अनि आकांक्षा तामाङको आतिथ्यमा सम्पन्न शिविरमा महिला दिदी-बहिनीहरूलाई स्वनिर्भर बनाउन विषेश मजुवा लक्ष्य संघ अधिनस्त एसएचजी समुहका नारीहरूलाई अवश्यकता अनुरूप सिप विकास तालिम सम्बन्धमा एक जनचेतना शिविरको आयोजना गरिएको छ। पहाडको जल्दोबल्दो समस्या युवाहरू विदेशतिर पलायन भइरहेको स्थितिमा स्वरोजगार बनाउन विभिन्न सिप विकास तालिमहरू प्रदान गर्न हेडन हल दार्जीलिङ सित मजुवा ग्राम पञ्चायतले कामहरू गर्ने ग्राम पञ्चायत प्रधान रोगेन वङदी लेप्चाले जनाएको छ। दार्जीलिङ हेडेन हलका संयोजिका आकांक्षा तामाङ अनुसार एसएचजी समुहलाई सिप विकासको निम्ति तालिमहरू गराउने उनिहरू कहाँ धेरै वटा प्रवधान रहेको हन्छ यसैले मजुवा ग्राम अन्तर्गत रहेको सम्पूर्ण समुहलाई अवश्यकता अनुरूप सिप विकास तालिमहरू गराइदिने मजुवा ग्राम पञ्चायत प्रधान लेप्चाको आग्रहलाई आत्मासाथ गर्दै हेडेन हल दार्जीलिङको सहयोगले मजुवा ग्रामको सिप विकासमा थप तिव्रता आउने भरोसा गरेको पनि उनले बताए।

Share this news
आजको रोजाइ
गोर्खा रैथाने हाटद्वारा बेरोजगार लाभान्वित

गोर्खा रैथाने हाटद्वारा बेरोजगार लाभान्वित

क्षेत्र विकासमा समर्पित डा. निम छिरिङ लेप्चा

क्षेत्र विकासमा समर्पित डा. निम छिरिङ लेप्चा

दुई दिन अघि सेन्ट रोबर्टस् स्कूलमा भानुजयन्ती पालन

दुई दिन अघि सेन्ट रोबर्टस् स्कूलमा भानुजयन्ती पालन

पट्टामा नरेन्द्र काम्बाङको विरोधको जागरण 

पट्टामा नरेन्द्र काम्बाङको विरोधको जागरण 

लोवर चुङथुङ विद्यालयलाई उच्चतर माध्यमिकको मान्यता

लोवर चुङथुङ विद्यालयलाई उच्चतर माध्यमिकको मान्यता

मोनिका ग्लोरी अफ सिक्किम सर्वश्रेष्ठ प्रतिभाको उपाधि

मोनिका ग्लोरी अफ सिक्किम सर्वश्रेष्ठ प्रतिभाको उपाधि

लोवर साम्सुमा बाल विकास भवनको शिलान्यास 

लोवर साम्सुमा बाल विकास भवनको शिलान्यास 

गायक अनिल फागोको गजल सार्वजनिक

गायक अनिल फागोको गजल सार्वजनिक

सूचना एवं साँस्कृतिक विभागद्वारा भानु जयन्ती

सूचना एवं साँस्कृतिक विभागद्वारा भानु जयन्ती

6 वर्षीय धावक अफिकलाई सम्मान

6 वर्षीय धावक अफिकलाई सम्मान