Pushpa Devi Murder case Medinipur
Pushpa Devi Murder case Medinipur

पुष्प देवी हत्याको उच्चस्तरीय जाँचगर्न राष्ट्रिय महिला आयोग र सरकारमा

Share this news

भारतीय गोर्खा महिला परिसंघ (भा.गो.म.प.) ले मणिपुरको चार हजारेमा श्री नकुल पौडेलकी धर्मपत्नी श्रीमती पुष्पा देवी पौडेलको गत आइतबार भएको निर्मम हत्या भएको घटनाप्रति गहिरो दुःख, स्तब्धता तथा कडा निन्दा व्यक्त गरेको छ। प्राप्त जानकारीअनुसार अज्ञात व्यक्तिहरूले राति प्राय १० बजे समयमा तोरीबारी चारहजारे काङलाटम्बि स्थित आफ्नु घरमा श्रीमती पौडेलको निर्ममतापूर्वक हत्या गरी घरमा रहेका सुन, चाँदीका गरगहना तथा नगद रकम लुटपाट गरेका थिए। यस घटनाले मणिपुरको गोर्खा समुदायमा आक्रोश र त्रासको वातावरण सिर्जना गरेको छ।

भारतीय गोर्खा महिला परिसंघकी राष्ट्रिय संयोजीका श्रीमतीलक्ष्मी सुबेदीद्वारा जारी विज्ञप्तिमा, भारतका गोर्खाहरूको राष्ट्रिय सामाजिक संस्था भारतीय गोर्खा परिसंघको महिला विभाग भा.गो.म.प. ले उक्त जघन्य घटनाले मणिपुरसहित देशभरिका गोर्खा मात्र नभएर महिला समुहलाई गहिरो रूपमा स्तब्ध बनाएको जनाएको छ। संस्थाले विशेष गरी महिलामाथि बढ्दो असुरक्षाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ भा.गो.म.प. ले घटनाको परिस्थितिलाई अत्यन्तै संवेदनशील र गम्भीर भएको उल्लेख गर्दै यसलाई सामान्य आपराधिक घटनाका रूपमा लिन नहुने जनाएको छ। पीडितलाई निर्वस्त्र अवस्थामा फेला पारिएको भन्ने समाचारले यस घटनासँग अझ अमानवीय र गम्भीर पक्ष जोडिएको आशंका थप बलियो भएको संस्थाको भनाइ छ। यस घटनाले क्षेत्रका महिलाहरूमा भय, असुरक्षा र मानसिक आघात सिर्जना गरेको भन्दै संस्थाले यसलाई अत्यन्तै गम्भीर विषयका रूपमा लिएको जनाएको छ।

भारतीय गोर्खा महिला परिसंघले मणिपुर सरकारसमक्ष घटनाको तत्काल निष्पक्ष, गहन तथा प्रभावकारी अनुसन्धान गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेको छ। साथै महिला परिसंघले राष्ट्रिय महिला आयोग तथा भारत सरकारको समेत ध्यानाकर्षण गराउँदै भारतीय महिलाहरूको सुरक्षा, सम्मान र अधिकार सुनिश्चित गर्न ठोस कदम चाल्न आग्रह गरेको छ। शोकसन्तप्त परिवारप्रति ऐक्यबद्धता व्यक्त गर्दै भारतीय गोर्खा महिला परिसंघले न्याय र मानवताको हितमा सम्बन्धित निकायहरूले जिम्मेवार तथा शीघ्र रूपमा कार्य गर्न अपिल गरेको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ