Binay Tamang Statement Darjeeling
Binay Tamang Statement Darjeeling

पहाडको तीन सीटहरूमाथि जीत र हारमा विश्लेषण, भाग ३ः विनय तामाङ

Share this news

यदि दार्जीलिङ पहाडका तीनवटा आसनहरूमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले जीत हासिल गरे तर पश्चिम बंगालमा भाजपाको सरकार गठन भए अनित थापाको राजनैतिक अवस्था निकै चुनौतीपुर्ण तर रोचक हुनेछ।
​यस्तो अवस्थामा अनित थापाको राजनैतिक स्थितिमा आउन सक्ने मुख्य प्रभावहरू :
१. राज्य सरकारसँगको सम्बन्धमा संकट : ​अनित थापा र उनको पार्टी भागोप्रमो वर्तमानमा तृणमुल कांग्रेसका नजिकका सहयोगी हुन्। यदि राज्यमा भाजपाको सरकार गठन भए उनले अहिलेसम्म पाइरहेको “राज्य सरकारको वरदहस्त” गुमाउनुपर्नेछ । भाजपा अनि भागोप्रमो माझमा सम्बन्ध अहिलेसम्म खासै सुमधुर छैन जसले गर्दा अनित थापालाई राज्य प्रशासनसँग समन्वय गर्न धेरै कठिनाइ पर्नेछ।
​ २. गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको भविष्य र प्रशासनिक चुनौती : ​अनित थापा हाल गोर्खालाण्ड क्षेत्रीय प्रशासनका प्रमुख हुन्। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन पुर्ण रूपमा राज्य सरकारको नियन्त्रण र सहयोगमा निर्भर रहन्छ। राज्यमा भाजपा सरकार आएमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको अस्तित्वमाथि पुर्ण विराम लाग्नसक्छ कारण हालैमा प्रधानमन्त्री अनि गृहमन्त्रीले दिएका वयानहरूलाई आधार मान्नसकिन्छ । ​भाजपाले गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको सट्टामा “स्थायी राजनैतिक समाधान” को कुरा अघि सार्दै गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनलाई भङ्ग गर्ने वा शक्तिहीन बनाउने प्रयास गर्ने प्रबल सम्भावना देखिरहेका छन् ।गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको अस्तित्व नै त्रिपक्षीय सम्झौताको उपज हुन् । केन्द्र सरकार,राज्य सरकार अनि गोजमुमोले चाहे २०११ को सम्झौता रद्द हुनसक्छ – जो सम्भावना देखिरहेको छ – कारण तीनवटै शक्तिहरू केन्द्र सरकार , राज्य सरकार अनि गोजमुमो एकै मञ्चमा हुनेछ ।
​ ३. राजनैतिक अस्तित्वको लडाई : दार्जिलिङ ​पहाडका तीनवटा आसानहरूबाट अनित थापाका विधायकहरू जितेरपनि राज्यमा विपक्षमा बस्नु पर्दा अनित थापाको शक्ति केन्द्र कोलकता अनि दिल्लीसँगको सम्पर्क कमजोर हुनेछन्। यस्तो बेला अनित थापाले आफ्नो साख जोगाउन दुईवटा विकल्प हुन सक्छन् – ​संघर्षको बाटो: भाजपा सरकारको विरोध गर्दै पहाडको क्षेत्रीय शक्ति (Regional Power) को रूपमा अडिग रहनु वा सम्झौताको बाटो: पहाडको विकास र आफ्नो राजनैतिक भविष्यका लागि बिस्तारै भाजपा सरकारसित सम्बन्ध बनाउनु वा “मध्यम मार्ग” अपनाउनु – जस्तो विगतमा दार्जिलिङ पहाडका धेरै नेताहरूले गरेका छन् ।
​ ४. विपक्षीहरूको मनोबल बढ्ने : राज्यमा भाजपा सरकार आए दार्जिलिङ ​पहाडमा भाजपा अनि सहयोगी दलहरूले “राज्यमा आफ्नै सरकार छ” भन्दै अनित थापामाथि अवश्य दबाव बढाउनेछन्। यसले अनित थापाका लागि भुइँ तहको राजनीतिमा थप चुनौतीहरू थपिनेछन् ।

​दार्जिलिङ पहाडको ​तीनवटा आसानहरू जित्नु अनित थापाका लागि ठुलो नैतिक जीत हुनेछ तर राज्यमा भाजपाको सरकार हुँदा उनले “सत्ता र शक्ति” को साटो “संघर्ष अनि प्रशासनिक दबाव “को विकट राजनैतिक स्थितिको सामना गर्नपर्नेछ ।
(क्रमशः भाग- ४)

Share this news
आजको रोजाइ
HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आजको रोजाइ