जित्ने पार्टीले दार्जीलिङको लागि ठोस कार्य गर्ने आशा छः विजय कुमार राई 

Share this news

दार्जीलिङ, 5 मई (निसं): दार्जीलिङ विधानसभा आसनबाट पराजित बनेपछि भागोप्रमोका उम्मेद्वार विजय कुमार राईले भाजपाबाट दार्जीलिङ पहाड़को लागि अब अवश्यै कुनै ठोस कार्य हुने आशा व्यक्त गरेका छन्। उनले दार्जीलिङ विधानसभा आसनबाट विजय बनेका भाजपा उम्मेद्वार नोमन राईलाई बधाई दिँदै लोकतान्त्रिक प्रक्रियामा हार र जीत हुने कुरा गरे। उनले भने-यस चुनाउमा मेरो केही मतान्तरले मात्रै हार भएको छ। यद्यपि, यस चुनाउमा जीत हासिल गर्ने उम्मेद्वारले दार्जीलिङका जनतालाई जुन आशा देखाएका थिए, त्यो पूरा गर्छन् भन्ने आशा गरेको छु। उनले जनताको निर्णयलाई शिरोपर राखेको बताउँदै जित्दा रमाउनु र हार्दा निराश हुने कुरामा आफू नपर्ने पनि बताए। दार्जीलिङ शहरी क्षेत्रको मतगणना शुरू भएपछि उनलाई प्राप्त भइरहेको मत कम्ति हुँदै गएको सम्बन्धमा प्रश्न गर्दा राईले भने-यसप्रकारको मत परिणाम यसपालिको चुनाउमा मात्रै होइन। लगभग 40 वर्षदेखि नै पहाड़मा जुन शक्तिशाली पार्टी थियो, त्यस पार्टीलाई दार्जीलिङ शहरी क्षेत्रका जनताले भोट नदिएको उदाहरणहरू छन्। यसैले यसपालि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले शहरी क्षेत्रमा भोट कम्ति पाउँदा उदेक मान्ने कुनै कुरा नै छैन। स्मरण गराइन्छ, दार्जीलिङ विधानसभा चुनाउको परिणामअनुसार, भाजपाका उम्मेद्वार नोमन राईले भागोप्रमो उम्मेद्वार विजय कुमार राईलाई पराजित गरेका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ