WB hospital controversy
WB hospital controversy

कार्बाही नभए कालिम्पोङ केयर अस्पताल र जीटीए विरुद्ध सडकमा ओर्लिने

Share this news

कालिम्पोङ केयरका प्रमुख विकास छेत्रीले प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्- सर्वप्रथम जीटीए प्रमुख कार्यपाल अनित थापाले कालेबुङ जिल्ला अस्पतालमा अवैध रूपमा कब्जा गरेर बनाएको भवन दोषी पाएमा भत्काइने आफ्नो प्रतिक्रिया दिनु भएकोमा कालेबुङ केयर आभार व्यक्त गर्दछ। यसका साथै सम्पूर्ण न्युज च्यानल पत्रकार दाजुभाइहरूलाई यो मुद्दाको निम्ति कालेबुङ केयरलाई सहयोग गरिदिएर अहिले यो दरिलो स्तरसम्म पुर्‍याइदिनु भएकोमा आन्तरिक हृदयबाट धन्यवाद ज्ञापन गर्न चाहन्छु।

यहाँबाट यो पनि भन्न चाहन्छु समस्या केवल बिल्डिङको मात्र होइन,केवल ज्योति कार्कीको अवैध निर्माण भत्काउनाले सम्पूर्ण समस्याको समाधान हुँदैन। ज्योति कार्कीद्वारा चलाइरहेको सेक्युरिटी एन्ड स्क्याभेनगिङ्ग एजेन्सीले २०१५ देखि अवैध तरिकाले इ-टेन्डर नभई कन्ट्याक्ट हतियाएर काम गर्ने वर्करहरूको वेतन खाएर कुटपिट गरेर कामबाट निकालेर अनेकौं भ्रष्टाचार गर्दै गरीब दुःखीमाथि जुन अत्याचार गरेको छ, त्यसको भरपाई पनि हुनुपर्छ अनि उनीहरूले न्याय पाएको हुनुपर्छ। तसर्थ बिल्डिङ भत्काउनु सँगसँगै उहाँको टेन्डर जो अवैध छ त्यो पनि तुरुन्तै रद्द गरेर एउटा नयाँ योग्य व्यक्तिलाई इ-टेन्डर दिई त्यो भार सुम्पिनु पर्नेछ। तब मात्र यो अस्पताल ज्योति कार्कीको शासनबाट मुक्त हुनेछ।

यसका साथै कालेबुङ जिल्ला अस्पतालको सुप्रिन्टन्डेन्ट, एसिस्टेन्ट सुप्रिन्टेन्डेन्ट, वार्ड मास्टर महेन्द्रज्यू अनि सीएमओएच, जसको सहयोगमा र उहाँहरूको लापरवाहीले गर्दा कालेबुङ जिल्ला अस्पतालमा भ्रष्टाचार फैलिएको छ, उनीहरूलाई तुरुन्तै ट्रान्सफर गरिनुपर्नेछ।

यी डाक्टरको लापरवाहीले एकपल्ट होइन धेरैपल्ट एउटा नाबालक शिशुको मृत्यु भएको छ। यो डाक्टरलाई चाँडो भन्दा चाँडो ट्रान्सफर गरिनुपर्छ। ती पीडित आमा बाबाले उचित न्याय पाएको हुनुपर्छ। डाक्टरलाई ट्रान्सफर गरेर मात्र हुँदैन। भोलिको दिनमा अर्को अस्पतालमा गएर कुनै आमाको कोक शून्य पार्छ। यस्ता डाक्टरलाई मेडिकल केसमा भोल्युन्टर रिटायरमेन्ट (भीआरएस) दिनुपर्छ।
हामीले तीनपल्ट अस्पतालको स्क्याभेनगिङ्ग एजेन्सीको करप्सन विषय लिएर आर टी आइ गर्दा पनि के कारणले गर्दा हो जीटीए हेल्थ सेक्रेट्रीले कुनै रिप्लाई दिएका छैनन्, को जवाफ पनि हेल्थ सेक्रेट्रीले दिएको हुनुपर्छ।

यो कुरामाथि तुरुन्त कारबाही हुँदैन भने कालिम्पोङ केयर संवैधानिक तरिकाले अस्पताल प्रशासन सँगसँगै जीटीए विरुद्ध सडकमा ओर्लिनु बाध्य हुने कालेबुङ केयरका प्रमुख विकास छेत्रीले बताएका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ