दार्जीलिङ गोर्खे हाट नगरपालिकाले उठाउने ?

Share this news

दार्जीलिङ, 21 जून (निसं): दार्जीलिङ शहरमा धेरै अघिदेखि लोकप्रिय बनिरहेको गोर्खा हाट सञ्चालनलाई लिएर अहिले प्रश्न खड़ा भएको देखिएको छ। कारण दार्जीलिङ नगरपालिकापक्षले हिजो बिहीबार हाट लागिरहेको समय गोर्खे हाट समूहका प्रतिनिधिहरूलाई नआउनु भनेपछि अबउसो गोर्खे हाट नगरपालिका र बोर्डले नै हाट सञ्चालन गर्ने हो कि गोर्खे हाट समूहसमक्ष गर्ने ? भन्ने प्रश्न उठेको हो। विशेषगरी गोर्खा हाट समूहलाई हाटबाट हटाउन खोजेको शंका व्यक्त गरिएको छ। दार्जीलिङ गोर्खे हाट समूहको पक्षमा दिपिका गुरुङले दार्जीलिङ प्रेसगिल्डमा भनेअनुसार गत १२ जूनको दिन नै नगरपालिकाले गत १९ जून बिहीबारको दिनदेखि हाटमा नआउनु भनेको थियो। तर हिजो बिहानदेखि नै पानी परेको कारण दोकानेहरूले कसरी दोकान लगाउँछ भन्ने सुर्ताले आएको अनि सोही समय नगरपालिकापक्षले आफूहरूलाई हाटमा नआउनु भनेको गुरुङले जनाइन्। के कारण हामीलाई निकाल्न खोजेको, हामीले के भूल गरेको छौं भन्ने प्रश्न गर्दै गुरुङले यसबारे आफूहरूलाई जवाब चाहिएको बताउँदै नगरपालिकापक्षले यसबारे स्पष्टीकरण दिनुपर्ने कुरा उठाएकी छिन्। जनतासमक्ष प्रश्न राख्दै उनले भनिन्, यो हाट संघ संस्थाले चलाएको ठिक लाग्छ कि नगरपालिका बोर्ड वा पार्टीले चलाएको ठिक लाग्छ? के ठिक हो भन्ने कुरा सबैले भनिदिनु। हामी अन्योलमा छौं। यस्तो कतिपय कुराहरू मेल मिलाप नहुँदा आज कतिपय हाट सुक्न गएको हामीले प्रत्यक्ष देखिरहेका छौं। हाम्रो दार्जीलिङको गोर्खे हाट त्यस्तो नहोस् भनी हामीले ढाकछोप गरेर बसेका थियौं। दिपिका गुरुङले अझ भनिन्, कसलाई त्यस्तो डर लाग्यो, हामीबाट के भूल भयो? भूल भयो भने देखाउनुहोस्। तपाईहरूले के चाहनु हुन्छ भन्ने कुरा पनि स्पष्ट पारेको छैन। आज हामीलाई न्याय नभएको जस्ता लाग्यो। हामीले ५ पैसा पनि कमाउनु थिएन। जातिलाई अघि बड़ाउनु र जातिय एकता दर्साउनु थियो। जातिय एकतालाई कायम राख्न हामीले
धेरै ढाकछोप गर्यौ। भोलिको दिनमा हामी चुप लागेर घरमा बसौंला। तर हामीमाथि पनि गोर्खे हाट किन गएन भनेर प्रश्न हामीमाथि पनि आउँछ। हामीले अरू जातिलाई हास्ने मौका दिने काम गरेका छौं। पैसा रूपियाँको हिसाबदेखि लिएर हाम्रो कागजपत्रदेखि सबै कुरा ठिक छ। तर अचानक निस्कनुहोस् भन्दा हाम्रो मनमा कति चोट लाग्यो होला भन्दै उनले अघि भनिन्, तपाईहरू आफ्नो लागि मात्र सोच्नु हुन्छ, जातिको लागि सोच्नु हुँदैन? गोखें हाट पार्टीगत हिसाबले गरेको थियो? र त्यस्तो प्रकारको कुरा गर्नु हुँदैछ। हामीले त जातिय एकताको लागि जातिलाई नै परेको खण्डमा उत्रेको हुन्छौं भनेर काम गर्दै छौं भने कहाँ आपत्तिजनक लाग्यो? प्रश्न गर्दै गुरुङले भनिन्, हामीलाई स्पष्टीकरण दिनुपर्छ। कारण हामीलाई पनि मनमा खटकिएको छ। हामीले कुनै भूल गरेको छैनौं। तपाईहरूले भन्नुहोस् सही गर्नु हुँदैछ कि गलत गर्नु हुँदैछ? तपाईहरूले ४ सय दोकान (बिक्रेता) हरूको भविष्य बिगारिनु दिनुहुँदैछ। भोलिको दिनमा उनीहरू सुरक्षित छन् त? हामीले अहिलेसम्म हाटमा मद मदिराहरू बेच्न दिएका छैनौं। सबै कुरा व्यवस्थित ढंगमा राखेका छौं। भोलिको दिनमा हाटमा मद मदिरा बेचबिखान गरे, झै झगड़ा भए, अन्य जाति आएर दोकान थापे कसले दायित्व लिन्छ ? भन्ने प्रश्न गर्दै उनले अघि भनिन्, नगरपालिकाले बिहान १० बजीदेखि बेलुकी ४ बजीसम्म काम गर्छ भने हाटमा बिहान ८ बजी आएर बेलुकी ७ बजीसम्म बस्न सक्छ? बिहान ८ बजीदेखि बेलुकी ८ बजीसम्म हेरेन भने यो हाट बिल्लीपाट भएर जाने बताउँदै दिपिकाले थप भनिन्, त्यसको दायित्व कसले लिन्छ? हामीले त आजसम्म लिएर बसेको थियौं। हामीलाई सजिलै निस्कनु भन्नु भयो। हामी निस्किदिन्छौं, तर निस्कनुको कारण बताइदिनुपर्छ भन्दै उनले हाटबारे अन्य कुराहरू पनि गरिन्।

यस अवसरमा समूहका अरू प्रतिनिधिहरू पनि उपस्थित थिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ