रिम्बिक,22 फरवरी(निस): रिम्बिक- लोधोमा समष्टि अन्तर्गत पर्ने गाउँ गोर्खे समानदेन, यहाँ अझसम्म पनि यातायात, स्वास्थ जस्ता आधारभूत सुविधा नभएको गुनासो स्थानीय भिमसेन सुब्बाले गरेका छन्। गत 2023 सालमा भल-पैह्रो आएको कारण गाउँवासीले अत्याधिक क्षति भोग्न परेको सुब्बाले बताएका छन्। उक्त भल-पैह्रोका कारण कृषि जमिन लगायत,आवास, गाई गोठहरु क्षति हुँदा पनि कुनै सरकारी निकायको मार्फत राहत आएको गुनासो स्थानीयहरुको छ। यस्तो बिकट अवस्था हुँदा पनि यहाँका स्थानीय प्रशासन, विधायक, सांसदले समस्याको समाधान हेतु पहल नभएको पनि उनीहरुको भनाईछ। यसका साथै स्थानीयहरुले हाल राज्य सरकारद्वारा आवंटन गरिएको विकास परियोजनाहरुमा व्यापक अनियमितता देखा परेको स्थानीयहरुले बताएका छन्। यस्तोमा सरकारी परियोजनाहरुको सठिकताका साथ कार्यनयन, समान भागीदारीताको पनि स्थानीयहरुले वकालत गरेका छन। यस्तै गुनासोहरु सहित स्थानीयहरुले एक भिडियो सार्वजनिक गरेका छन। जसमा स्थानीय पञ्चायत प्रतिनिधिहरुले गरिरहेको मनमानीप्रति रुष्ठ जनाइएको छ।












