पश्‍चिम बंगाल दलित बन्धु कल्याण एवं विकास बोर्ड अध्यक्षको खरसाङ भ्रमण

Share this news

खरसाङ, 12 जुलाई (निसं): पश्‍चिम बंगाल दलित बन्धु कल्याण एवं विकास बोर्डका अध्यक्ष प्रदीप वाँसफोरले खरसाङको भ्रमण गरेका छन्। खरसाङको भ्रमण अघि तिनले दार्जीलिङको भ्रमण गरेर दार्जीलिङ नगरपालिका अध्यक्ष दिपेन ठकुरीसित एउटा बैठक गरेको जानकारी प्राप्त भएको छ। खरसाङमा वाँसफोरलाई खरसाङ नगरपालिका प्रशासनिक बोर्डका अध्यक्ष ब्रिगेन गुरुङ, उपाध्यक्ष सुवास प्रधान, पश्‍चिम बंगाल दलित बन्धु कल्याण एवं विकास बोर्डका दार्जीलिङ जिल्ला कार्यवाहक अध्यक्ष शंकर राउतले स्वागत जनाएका थिए। अध्यक्ष वाँसफरको साथमा पछौटो वर्ग कल्याण विभाग जीटीएका अधिकारीहरू सरजीत बालमिकी, सुवास हेला अऩि सामदेन डुक्पा पनि उपस्थित थिए। प्राप्त जानकारी अनुसार अध्यक्ष वाँसफोरले खरसाङ भ्रमणको अवधिमा खरसाङ नगरपालिका अध्यक्ष, उपाध्यक्ष, जीटीएका अधिकारी अनि विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूसित दलित अनि पछौटेवर्गका मानिसहरूको समस्या, तिनीहरूले सरकारबाट प्राप्त गर्ने विभिन्न सहुलियत र लागु गरिएका विभिन्न परियोजनाहरूको बारेमा चर्चा गरेका छन्। वाँसफोरलाई खरसाङ नगरपालिका कार्यालयमा खदा लगाएर नगरपालिका अध्यक्ष, उपाध्यक्ष, विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूले स्वागत अनि सम्मान जनाएका थिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ