प्राप्त समाचार अनुसार आगामी ६ मार्च शुक्रबारको दिन भारतका सम्माननीय राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुको भ्रमण रहेकोले यसै अवसरमा गोर्खा वेलफेयर वुमन फोरमका अध्यक्षा श्रीमती कविता प्रधान र कन्भेनर श्री कृष्ण प्रधान ”प्रेरणा” अति हर्षित बन्दै दार्जीलिङमा ऐतिहासिक क्षण राष्ट्रपति श्रद्धेय द्रौपदी मुर्मुको भ्रमण दार्जीलिङको इतिहासमा पहिलो पटक भारतको राष्ट्रपति आउनु केवल औपचारिक भ्रमण मात्र होइन, पहाड़को सम्मान र पहिचानसँगै जोड़िएको गौरवपूर्ण क्षण हुने बताएका छन्।
सम्माननीय राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु एक सरल र परिष्कृत ब्यक्तित्वका रूपमा चिनिनु हुन्छ। साधारण परिवारबाट उठेर देशको सर्वोच्च पदसम्म पुग्नु ईश्वरको आशीर्वाद र उहाँको संघर्ष, इमान्दारिता र समर्पणको प्रेरणादायी उदाहरण हो। उहाँको जीवन यात्राले महिला सशक्तिकरण र सामाजिक समानताको सन्देश दिन्छ।
दार्जीलिङ जस्तो विविध संस्कृति र इतिहास बोकेको ठाउँमा उहाँको आगमनले राष्ट्रिय एकता र आपसी सद्भावनालाई अझ बलियो बनाउने विश्वास लिइएको छ। विशेषगरी पहाड़का महिला युवावर्ग र सामाजिक संस्थाहरूको लागि उहाँको उपस्थिति प्रेरणाको श्रोत बन्नेछ।
हामी सबै दार्जीलिङबासीको लागि यो अवसर गर्व र सम्मानको क्षण हुनेछ। उहाँको भ्रमणले विकास, संवाद र सहकार्यको नयाँ ढोका खोलिने अपेक्षा गरिएको छ। यो ऐतिहासिक भ्रमणले दार्जीलिङको आत्मासम्मानलाई नयाँ ऊचाईंमा पुर्याउँदै भविष्यका लागि आशा र विश्वासको दीप प्रकाशित गरेको छ। यो क्षण दार्जीलिङको इतिहासमा सुनौलो अक्षरले लेखिने बताएका छन्।












