वास्तवमा खरसाङमा पानीको अभाव छैन भन्ने मत

Share this news

खरसाङ,1 मार्च(मोहन प्रसाद): खरसाङ्मा पानीको समस्या नरहेको, यहाँ सही व्यवस्थापनको कमी रहेको कतिपय स्थानीय मानिसहरूले बताएका छन्‌‍। विगत केहि समयदेखि खरसाङ क्षेत्रमा पिउने पानीको समस्या पुन: चरममा पुगेको छ भने पानीको आपूर्तिको निम्ति जन मानसले विभिन्न समस्या भोग्नु परिरहेको छ। यस अवधि पानीको समस्यालाई लिएर पत्रकारहरूसित बोल्दै खरसाङ निवासी अनि युवा कार्यकर्ता भूषण छेत्रीले जनाए अनुसार, खरसाङ्मा वर्षभर नै, यहाँसम्म कि बर्खामा पनि पिउने पानीको समस्या देखिन्छ। सुखाको मौसममा पानीको निम्ति जनमानसले अझ धेर परिश्रम गर्नको साथै समस्या भोग्नु पर्दछ।

तिनले थप जनाए अनुसार, दार्जीलिङ पहाड़ सहित खरसाङ्मा पनि बर्खाको मौसम संगै बर्खा सकेपछि पनि अविरल वर्षा हुने गर्छ । यहाँसम्म कि समय-समयमा अधिक वर्षा भएकोले पहिरो जाने गर्छ। शहर-बजार संगै विभिन्न झोड़ा-नालीमा भल बग्ने गर्छ । तर पनि प्रत्येक वर्ष पानीको समस्या भन्नु एकदमै अचम्मको कुरो हो। जुन प्रकारले पहाड़मा पानी पर्छ त्यसलाई सही प्रकारले सञ्चय एवं व्यवस्थापन गरिएको खण्डमा पानीको समस्या पहाड़ संगै खरसाङ्मा पनि हुनु पर्ने हो भनी तिनले बताए।

तिनले यो पनि जनाए कि प्रति वर्ष अथवा वर्ष भरिनै पानीको आपूर्तिको निम्ति मानिसहरूले जुन समस्या भोगिरहेका छन्‌‍, उक्त समस्या मानव उपज समस्या होइन्‌‍, सम्बन्धितहरूले गहन प्रकारले चिन्तन-मनन संगै योजनावद्ध कार्य नगरेकोले नै पानी आपूर्तिको निम्ति प्रत्येक वर्ष वा वर्ष भरि नै समस्या भइरहेको हुन्छ। सुखा मौसममा पाइपमा पानी नआएको खण्डमा मुहानमा पानी छैन्‌‍ भनी भन्ने गर्छन्‌‍ भने वर्खामा पानीको पाइप फुट्यो वा पाइप जाम भयो भन्ने गरिन्छ। वास्तवमा पानीलाई लिएर गहन प्रकारले चिन्तन-मनन संगै योजनावद्ध कार्य नै नभएकोले यस्तो समस्या देखिएको हो । तिनले यो पनि जनाए कि वर्ष भरिनै र सुखाको मौसममा पनि गाड़ीको-गाड़ी पानी कहाँबाट बिक्री भइरहेको छ। सम्बन्धित नेतृत्व अनि अधिकारीहरूले बुझ्नु पर्छ। गाड़ीमा बिक्री गरिएको पानी बलासन, दूधे वा सिलगढ़ीबाट आएको होइन। यस्ता पानीको मुहानहरू यहीं वरिपरि क्षेत्रमा रहेका छन्‌‍ । सम्बन्धित व्यक्ति-विशेषसित सर-सल्लाह गरेर, सम्बन्धित निकायले सजिलै जनमानसलाई उक्त पानी आपूर्ति गर्न सक्छन्‌‍। यहाँ पानीको अभाव छैन, तर सही व्यवस्थापन को कमी रहेको छ भनी छेत्रीले बताए ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ