आपदा राशीमा धाधलीको आरोप, वार्ड सदस्यको खण्डण

Share this news

दार्जीलिङ,18 नोभेम्बर(निसं):आपदा पीडितहरु सुचीमा व्यापक धाधली भएको आईजीजीएफको आरोप लगाएकोछ भने वार्ड सदस्यले त्यस आरोपकोखण्डण गरेका छन्। गत 4 अक्टोबर  अनि 5 अक्टोबर आएको बिनाशकारी प्राकृतिक आपदाले क्षति पुर्‍याएको मानिसहरुलाई राज्य सरकारले आपदा कोषबाट सहयोग गर्ने निर्णय गरेपछि पहाडको विभिन्न स्थानहरु सरह बिजनबारी क्षेत्रको विभिन्न ग्राम पञ्चायत पीडितहरुलाई सरकारले सहयोग गर्ने घोषणा सहितको सुची  सार्वजनिक भएको छ। यद्यपि, उक्त सुचीमा व्यापक रूपमा धाधली भएको आरोपहरु उठ्न थालेको छ। यसै क्रममा पुल-बिजनबारी ग्राम पञ्चायत पीडितहरु सुचीमा व्यापक रूपमा धाधली भएको इण्डियन गोर्खा जनशक्ती फ्रण्ड(आईजीजीफ) पुल-बिजनबारी-गोक समष्टिले आरोप लगाएको छ। आइतबार यसैबारेमा एक प्रेस बिज्ञपति जारी गर्दै उक्त सुची व्यापक रूपमा धाधली भएको तथा सुचीमा रहेका सदस्यहरुमा ग्राम पञ्चायतको वार्ड सदस्य सरकारी नोकरी प्राप्त कर्मचारीहरु समेत रहेको इण्डियन गोर्खा जनशक्ती फ्रण्ड(आईजीजीफ) पुल-बिजनबारी-गोक समष्टिले आरोप लगाएको छ। यसको साथमा उनीहरू पाउनुपर्ने सही पीडित छुटेको तथा उनको छिमेकीले पैसा पाएको गम्भीर आरोप लगाएका छन् भने आईतबार भएकोले यसबारेमा विभागीय छानबिन गर्न नसकिएको तथा भोलि यस सुचीलाई लिएर ग्राम पञ्चायत प्रधान तथा खण्ड विकास अधिकारीलाई समेत भेट्ने उनीहरूले जनाएका छन्।अर्कोतिर, आईजीजीएफ-ले लगाएको आरोप सरासर राजनैतिक प्रेरित भएको तथा आफू आपदाको शिकार भएकोले आफ्नो नाम सुचीमा आएको भन्दै ग्राम पञ्चायत सदस्य जोशन कालिकोटेले यसको खण्डण गरेका छन्। यसको साथमा यसलाई लिएर राजनैतिक गर्नुको साटो स्थलगत भ्रमण गरि आफ्नु आवस्थालाई हेरिदिने उनले अनुरोध समेत गरेका छन्। उनले अझ भने मेरो नाम पक्का आएको छ म वार्ड सदस्यसँगै एक पीडित जनता पनि हुँ जसको कारण ग्राम पञ्चायतमा मेरो नाम सुचीमा राखेको छ। यसैले मलाई लाग्छ मेरोबाट कुनै गल्ती भएको जस्तो लाग्दैन।

Share this news
आजको रोजाइ
न्यायपालिका हाम्रो पुराना कानूनहरूको संरक्षक हुनु पर्छ

न्यायपालिका हाम्रो पुराना कानूनहरूको संरक्षक हुनु पर्छ

बक्सिङ्गको राष्ट्रिय च्याम्पियनशिपमा जिल्लाले गौरव बढाएको छ

बक्सिङ्गको राष्ट्रिय च्याम्पियनशिपमा जिल्लाले गौरव बढाएको छ

सरकारी योजना सम्बन्धी सचेतना कार्यक्रम पुग्यो चुङथाङ

सरकारी योजना सम्बन्धी सचेतना कार्यक्रम पुग्यो चुङथाङ

ट्रम्पको आरोप– ‘शान्ति प्रस्तावमा हस्ताक्षर गर्न जेलेन्स्की अझै तयार छैनन्’

ट्रम्पको आरोप– ‘शान्ति प्रस्तावमा हस्ताक्षर गर्न जेलेन्स्की अझै तयार छैनन्’

जापानको उत्तरपूर्वमा ७.६ म्याग्निच्युडको भूकम्प, हजारौँ विस्थापित

जापानको उत्तरपूर्वमा ७.६ म्याग्निच्युडको भूकम्प, हजारौँ विस्थापित

कथा संग्रह ‘जीवनका अनुभूतिहरू’माथि आफ्नो मन्थन

कथा संग्रह ‘जीवनका अनुभूतिहरू’माथि आफ्नो मन्थन

अप्पर पजेङको नन्द गाउँमा आगोलाग्दा एक घर जलेर खरानी

अप्पर पजेङको नन्द गाउँमा आगोलाग्दा एक घर जलेर खरानी

एनएफ रेलवेको मुख्य प्रबन्धकलाई ज्ञापन

एनएफ रेलवेको मुख्य प्रबन्धकलाई ज्ञापन

भागोप्रमो खरसाङ टाउन कमिटीको सभा एवम् नियुक्ति पत्र वितरण

भागोप्रमो खरसाङ टाउन कमिटीको सभा एवम् नियुक्ति पत्र वितरण

भारतीय मानवाधिकार एशोसिएसनको एक प्रतिनिधि टोलीद्वारा महकुमा शाकससित चर्चा

भारतीय मानवाधिकार एशोसिएसनको एक प्रतिनिधि टोलीद्वारा महकुमा शाकससित चर्चा

आजको रोजाइ