वाकाथन भव्यरूपमा सम्पन्न

Share this news

कालेबुङ, २4 फरवरी (निस): हिमालय दर्पण र एई समयको आयोजनामा वाकाथन भव्यरूपमा
सम्पन्न भयो। वाकाथनमा भागलिने युवाहरूमा उत्साह देखिएको थियो। अधिकांश युवाहरूले आगामी समयमा पनि हिमालय दर्पण र एई समयले वाकाथन गर्नुपर्ने आग्रह गरे। क्यान्सर जस्तो जटिल र बढ्दो रोग विरूद्ध जनचेतना फैलाउने
उद्देश्यले हिमालय दर्पण र एई समयको आयोजनामा कालेबुङको मेला ग्राउण्डमा भव्य वाकाथन कार्यक्रम सम्पन्न भएको छ। समाजमा स्वास्थ्यप्रति जिम्मेवार चेतना विस्तार गर्ने लक्ष्यसहित आयोजना गरिएको उक्त कार्यक्रममा क्षेत्रका
२५० भन्दा अधिक मानिसहरूको उत्साहजनक सहभागिता देखिएको थियो।

वाकाथनको मूल उद्देश्य क्यान्सर रोगबारे पहाडमा आवश्यक चेतना फैलाउनु रहेको आयोजकको उद्देश्य रहेको थियो। पछिल्लो समय क्यान्सर महामारी झैं फैलँदै गएको अवस्थामा ग्रासरूट तहसम्म जनचेतना पुर्याउनु अत्यन्त आवश्यक भएको सहभागीहरूले जोड दिएका थिए।

कार्यक्रमको शुरूवात जुम्बा टोलीको सांगीतिक अभ्यासबाट गरिएको थियो। जसले उपस्थितहरूमा ऊर्जा र सकारात्मक भावना थपेको थियो। त्यसपछि कालेबुङका जिल्लापाल कुहुक भूषण तथा भारतका पूर्व हक्की कप्तान भरत छेत्रीले संयुक्त रूपमा झण्डा फहराएर वाकाथनको औपचारिक शुभारम्भ गरेका थिए।

कार्यक्रममा कालेबुडका विधायक रूदेन सादा लेप्चा, कालेबुङ नगरप्रशासन प्रमुख रवि प्रधान, , लगायत अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। उनीहरूले यस्ता सामाजिक तथा स्वास्थ्य सम्बन्धी कार्यक्रमहरूले समाजमा सकारात्मक सन्देश पुर्याउने विश्वास व्यक्त गरे। मेला ग्राउण्डबाट शुरू भएको ५,६ किलोमिटर वाकाथन थाना डाँड़ा, डम्बरचोक, त्रिपाई फाटक हुँदै ११ माइल र १० माइल पार गरी पुनः मेला ग्राउण्डमै आएर समापन गरिएको थियो। सहभागीहरूले उत्साहपूर्वक क्यान्सर विरूद्ध लडौं, जीवन बचाऔं जस्ता वक्तव्यहरू दिँदै यात्रा सम्पन्न गरेका थिए।
वाकाथनमा अंशग्रहण गरेका महेश गुम्पाले क्यान्सर अहिले महामारीको स्वरूप लिइरहेको उल्लेख गर्दै यसको रोकथाम र प्रारम्भिक पहिचानबारे जानकारी दिनु अत्यन्त जरूरी रहेको बताए। ग्रासरूट तहसम्म जनचेतना पुर्याउन सके मात्र हामी क्यान्सरजस्ता रोगविरुद्ध प्रभावकारी रूपमा लडन सक्छौं, उनले भने।

मेला ग्राउण्डमा सम्पन्न समापन कार्यक्रममा क्यान्सरसम्बन्धी विशेषज्ञहरूले रोगका लक्षण, प्रारम्भिक जाँचको महत्व तथा उपचार विधिबारे जानकारी दिएका थिए। सहभागीहरूले आ-आफ्ना धारणा राख्दै यस्ता कार्यक्रम नियमित रूपमा हुनुपर्ने सुझाव पनि दिएका थिए। वाकाथनलाई सफल बनाउन द्वारिका, रोयल एनफिल्ड, डियर लटरी, एसबीआई, मणिपाल हस्पिटल, जिम्बा अनि रेड एफ एमको आन्तरिक सहयोग प्राप्त भएको थियो।

हिमालय दर्पण र एई समयद्वारा आयोजित यस वाकाथनले पहाडमा क्यान्सर विरूद्धको अभियानलाई सशक्त बनाउने महत्वपूर्ण कदमका रूपमा लिइएको छ। सहभागीहरूले यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिएमा जनचेतनाको स्तर अझ बढने विश्वास व्यक्त गरेका छन्। क्यान्सर जस्तो जटिल रोग विरूद्ध जनचेतना फैलाउ उक्त वाकाथन हर्षोल्लासपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ