Kurseong shelter repair
Kurseong shelter repair

खरसाङको सड़क किनारहरूमा निर्माण गरिएको हावाघरहरूको मरम्मती गर्न पर्ने

Share this news

ग्रीनसिटी मिशन अन्तर्गत खरसाङ नगरपालिकाको विभिन्न रोड किनारहरूमा निर्माण गरिएका सेड अथवा हावा घरहरू मरम्मती गर्नु पर्ने आवश्यकता रहेको छ। विभिन्न रोड किनारहरूमा जनसाधरणको सुविधाको लागि निर्माण गरिएका यस्ता हावा घरहरू वर्तमानमा जीर्ण बनिसकेका छन्‌‍। यहाँको कप्तान सुरज शर्मा पथ (बाईपास रोड) मा रहेको हावा घरमा लगाइएको बस्ने चौकीहरू छैन, यसको वरिपरिका फाइबर ग्लासका बार पनि वर्तमानमा सबै उप्किसकेको अवस्थामा रहेको छ। करबीर चिया बगानको विभिन्न गाउँका मानिस, विद्यार्थीहरू अनि बाईपास रोडमा घुम्न, कसरत गर्न आउनेहरूलाई बिसाउन सुविधा रहने यो हावा घरमा लगाइएको टायल्स पनि उप्किएको पाइएको छ।

खरसाङ्को फादरवेरी रोडमा चेयरम्यान गोलाइमा निर्माण गरिएको हावा घर पनि वर्तमानमा जीर्ण बनेको छ। यहाँको चौकीहरू भत्किएको अवस्थामा पाइएको छ भने रेलिङ र बार पनि भत्किएको अवस्थामा पाइएको छ। यसै गरी फाटक डाँड़ामा रहेका हावा घरहरूको पनि मरम्मती गर्न पर्ने आवश्यकता रहेको क्षेत्रका कतिपय मानिसहरूले बताएका छन्‌‍। नगरपालिकाद्वारा निर्माण गरिएका यी हावा घरहरूमा पैदल हिँड़ने मानिस, विद्यार्थी, वृद्ध-वृद्धा, गाड़ी पर्खिने मानिसहरू बस्नलाई सुविधा रहेको छ। यी हावाघरहरू आवश्यक छन्‌‍ र अझ यस्ता हावा घरहरू निर्माण गर्न आवश्यक छ, निर्माण गािइ छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ