डिलिटेट अनि एडजुडिकेशन-को समस्या भएपनि पहाडमा मतदान शान्तमय

Share this news

दार्जीलिङ, 24 अप्रेल (निसं): दार्जीलिङ विधानसभा आसनका मोठ 2 लाख 7 हजार 716 जना मतदाता 88.07 मध्ये प्रतिशत मतदाताले शान्तिपूर्वक, बिना कुनै रोकटोक, बिना बाधा-अड़चन अनि आफ्नो इच्छाअनुसार, परिवर्तनको लागि हाले आफ्नो भोट। किनभने, यसपालि दार्जीलिङ पहाड़मा सबैले परिवर्तनकै नारा अलाप्दै विधानसभा चुनाउमा भाग लिइरहेका छन्। कसैले राज्यको सत्तामा परिवर्तन चाहिरहेका छन् भने कसैले दार्जीलिङ पहाड़को सत्ता परिवर्तन चाहेका छन्। यसैले अजय एड्वर्ड्सको नेतृत्वमा रहेको इण्डियन गोर्खा जनशक्ति फ्रण्टले यसपालिको चुनाउमा परिवर्तनलाई नै मूल नारा बनाएको छ भने भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले पनि विचारको परिवर्तन हुन आवश्यक रहेको बताउँदै गत केही दिनअघि दार्जीलिङमा विचार परिवर्तन यात्राको नै आयोजना गरेको थियो। यसरी नै भारतीय जनता पार्टीले राज्यको सत्तामा नै परिवर्तन ल्याउनुपर्ने विषयलाई ध्यानमा राखेर पहाड़का तीनवटा आसनलाई पार्टीले धेरै अहम मानिरहेको छ। ताकि राज्यको सत्ता परिवर्तन गर्न पहाड़का तीनवटा आसनको पनि ठूलो भूमिका रहनेछ। यद्यपि, दार्जीलिङ पहाड़मा प्रत्येक चुनाउमा जस्तै आज विधानसभा चुनाउको अवधि शान्तिपूर्ण वातावरणमा मतदाताहरूले आ-आफ्नो मताधिकारको प्रयोग गर्न सके। आज प्रथम चरणमा राज्यका मोठ 294 मध्ये 152 वटा आसनमा मतदान भएको थियो, जसमध्ये दार्जीलिङ पहाड़का तीनवटा आसन पनि सामेल छन्। समतलका धेरैवटा आसनका मतदान केन्द्रहरूमा बिहानदेखि नै विवाद, उत्तेजना, झमेला भएको देखियो भने दार्जीलिङ पहाड़मा पूर्णरूपले शान्तिसित मतदात सम्पन्न भयो। स्मरण गराइन्छ, संसदीय चुनाउ होस्, विधानसभाको चुनाउ, वा कुनै पनि चुनाउ दार्जीलिङ पहाड़का जनताले यी चुनाउहरूलाई पूर्णरूपले गणतान्त्रिक ढङ्गमा पालन गर्ने गर्छन्। समग्रमा कुनै पनि चुनाउलाई पहाड़का जनताले एक उत्सवको रूपमा पालन गर्ने गरेका छन्। मतदानको समय पहाड़का प्रायः जसो शहरका दोकानहरू बन्द रहने गर्छन् भने यातायात सेवा लगभग ठप्प बन्ने गर्छ। चुनाउमा भाग लिने पक्षका होस् वा विपक्षका नेता, कार्यकर्ताहरू, कुनै बैरभाव वा दुश्मनी नराखी हाँसी-खुशी सहभागी बनिरहेका हुन्छन्। ताकि चुनाउ एकार्कालाई हराउने होइन, गणतन्त्रलाई बचाउने एक गणतान्त्रिक प्रक्रिया हो। चुनाउ वा मतदानको समय शान्तिपूर्ण वातावरणले यस्तै सन्देश दिने गरेको पहाड़का धेरै मानिसहरूले मत व्यक्त गरेका छन्। चुनाउमा हार-जीत हुन्छ अनि जित्नको लागि विपक्षीमाथि आक्रमण गर्नु, उनीहरूमाथि जाइलाग्नु पहाड़को स्वाभाव छैन।
यसैकारण पहाड़मा प्रत्येक चुनाउको अवधि शान्ति छाएको हुन्छ, जुन आज पनि स्पष्ट देखिएको थियो। यसैबीच, इण्डियन गोर्खा जनशक्ति फ्रण्टका मुख्य संयोजक एवं दार्जीलिङका उम्मेद्वार अजय एड्वर्ड्सले राज्यमा सरकार गठन गर्दा यसपालि दार्जीलिङ पहाड़ अनि समतलका केही आसनका विधायक भोटेको एक्का हुन सकुन् भन्ने चाहना राखेका छन्। उनले भने-यसपालिको चुनाउमा धेरै मतदाताहरू आतुर देखिए, उनीहरूको यो आतुरीपनमा परिवर्तन संकेत देखिएको छ। यसैकारण राज्यमा यसपालि सरकार गठन हुँदा दार्जीलिङ, खरसाङ, कालेबुङ साथै समतलका केही आसनबाट निर्वाचित बन्ने विदायकहरूको पूर्ण आवश्यकता परोस्।
यसो भएको खण्डमा दार्जीलिङ पहाड़ अनि तराईको पनि हित हुनेछ। उनले यसपालिको चुनाउमा बाहिरबाट मतदानको लागि आउने मतदाताहरूमा धेरै उत्साह देखेको बताउँदै मतदाताहरूमा यस्तो उत्साह यसअघि कहिले पनि नदेखेको बताए। उनले यसपालि परिवर्तन अवश्यै हुन्छ भन्ने आशा व्यक्त गर्दै एउटा पार्टीले नै राज्यमा सरकार गठन गर्नसक्ने स्थिति सृजना नहोस् भन्ने पनि कामना गरेका छन्।
ताकि पहाड़बाट निर्वाचित बनेर जाने विधायकहरू राज्य सरकार गठन हुँदा भोटेको एक्का प्रमाणित हुन सकुन्, उनले भने। अर्कोतर्फ भारतीय जनता पार्टीलाई सहयोग दिँदै आइरहेका गोजमुमो अध्यक्ष विमल गुरूङले दार्जीलिङ आसनबाट खड़ा भएका भाजपा उम्मेद्वार नोमन राईको जीत निश्चित रहेको दावी गर्दै यसपालि राज्यमा तृणमूल कंग्रेसले 100 वटा पनि आसन जित्न नसक्ने ठोकुवा गरे। उनले राज्यमा भाजपाको सरकार गठन भएको खण्डमा सर्वप्रथम चिया बगानको समस्या. मिनिमम वेजेस एक्ट लागू गराउन, दार्जीलिङको ट्राफिक समस्या समाधान गर्न साथै पर्य़टनलाई विकासको मार्गमा अघि बढ़ाउन कार्य गर्न लगाउने पनि बताए। यसरी नै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका उम्मेद्वार विजय कुमार राईले मानिसहरूद्वारा दिइएको बधाई र शुभकामनाहरूबाट नै आफ्नो जीत निश्चित भइसकेको बताए। तरै पनि जनताको मत नै सर्वोपरी हुने भएकोले जनताको मतलाई पूर्णरूपले स्वीकार गर्ने पनि बताए।
उनले एसएआईआरको कारण आफ्नो पार्टीका धेरै मतदाताहरूको नाम काटिएको बताउँदै यसले यस मतदानमा आफूलाई धेरै प्रभाव पर्नसक्ने अनुभव गरिएको पनि जनाए। यसरी नै राज्यसभा सांसद हर्षबर्द्धन श्रृङ्गलाले विकास, उन्नति र सुरक्षाको लागि बंगालमा राम्रो परिवर्तन ल्याउन सोंचेर मतदान गर्ने मतदाताहरूलाई आह्वान गरे।
भाजपा उम्मेद्वार नोमन राई, राज्यसभा सांसद हर्षबर्द्धन श्रृङ्गला, क्रामाकपा अध्यक्ष एवं पूर्व सांसद आरबी राई, खरसाङका भागोप्रमो उम्मेद्वार अमर लामा, गोरामुमो अध्यक्ष मन घिसिङ, कङ्ग्रेस उम्मेद्वार माधप राई आदिले पनि आज बिहान आ-आफ्ना मतदान केन्द्रहरूमा पुगी मतदान गरे। यता यस चुनाउलाई निष्पक्ष, शान्तिपूर्ण ढङ्गले सम्पन्न गराउन सुरक्षाको कठोर व्यवस्था गरिएको थियो। आज सम्पन्न भएको प्रथम चरणको मतदानको अवधि दार्जीलिङ जिल्लाका 5 वटा विधानसभा आसनमा 95 कम्पनी अर्द्धसैनिक बल तैनाथ गरिएको थियो भने यी 5 वटा आसनमा मोठ 11 लाख 10 हजार 426 जना मतदाता रहेका थिए। जसमध्ये दार्जीलिङमा 2 लाख 7 हजार 716 जना, खरसाङमा 2 लाख 16 हजार, 152, मतिगढ़ा-नक्सलबाड़ीमा 2 लाख 68 हजार 480, सिलगढ़ीमा 2 लाख 779 जना अनि फाँसीदेवामा मोठ मतदात संख्या 2 लाख 17 हजार 298 जना रहेका छन्। जसले 1,465 वटा मतदान केन्द्रमा आ-आफ्नो मताधिकारको प्रयोग गरे।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ