Ujjwal Limbu election campaign Darjeeling
Ujjwal Limbu election campaign Darjeeling

पहाडमा परिवर्तन ल्याउन आइजीजेएफलाई भोट दिनुहोस्ःउज्ज्वल लिम्बु

Share this news

इण्डियन गोर्खा जनशक्ति फ्रण्टमा समर्थन जनाउनेहरूको घुइँचो।सिंगला चिया बगानबाट चार परिवार अनि सिंगला बजारको 30 परिवारहरूले इण्डियन गोर्खा जनशक्ति फ्रण्टलाई समर्थन जनाएको छ।इण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय कार्यलय पी कोठीमा आज पार्टी केन्द्रीय कार्यकारिणी सदस्य उज्ज्वल लिम्बु,गोक पूल बिजनबारी समष्टिको अध्यक्ष भीम सुब्बा र सिंगला बजार क्षेत्रका पार्टी कार्यकर्ता भीबु थामीको नेतृत्वमा आज सिंगला चिया बगानबाट चार परिवार अनि सिंगला बजार क्षेत्रबाट 30 परिवारहरूले इण्डियन गोर्खा जनशक्ति फ्रण्टमा सामेल भएका छन्।समथर्कहरूलाई खदा लगाउदै पार्टीमा न्यानो स्वागत जनाए।आईजीजेएफ केन्द्रीय कार्यकारिणी सदस्य उज्ज्वल लिम्बुले दार्जीलिङ पहाडले परिवर्तन चाहेको छ अनि यी समर्थकहरू परिवर्तनको संघर्षमा साथ खडा हुन आएकाहरू हुन भन्ने बताए।पहाडले परिवर्तनको सोंच बनाई सकेका छन्।

तकभर,मालीधूरा,लेप्चा बस्ती,बार्नसबेग आदि क्षेत्रहरूका धेरै समर्थकहरूले भोली आईजीजेएफलाई समर्थन भएको छ।दार्जीलिङ पहाडमा परिवर्तन ल्याउनलाई अब हुने विधानसभा चुनावमा इण्डियन गोर्खा जनशक्ति फ्रण्टलाई साथ दिने लिम्बुले आह्वान गर्यो। उता रंगबुल धोतरिया 17 नम्बर समष्टिको धोतरिया मुन्सी गाउँको ग्राम सेवा समाजको 26 परिवारहरूले इण्डियन गोर्खा जनशक्ति फ्रण्टलाई समर्थन जनाएका छन्।यी समर्थकहरू सबै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको समर्थकहरू हुन।दार्जीलिङ पहाडको ग्रामिण क्षेत्रहरूदेखि लिएर शहरीय क्षेत्रहरूमा इण्डियन गोर्खा जनशक्ति फ्रण्ट तथा केन्द्रीय संयोजक अजय एडवर्डसले आफ्नो गोजीको पैसा खर्च गरेर ब्रीज,सडक,समाज घर,खेल मैदान,सार्वजनिक भवन,गरीबहरू विधार्थीहरूलाई शिक्षा आर्जन,गरीब बिमारीहरूको उपचार आदि जस्ता धेरै कार्यहरू गर्दै आइरहेको छ।

अजय एडवर्डसले गर्दै आएको समाज सेवा तथा भिजनलाई मन पराएर धोतरिया मुन्सी गाउँका ग्राम सेवा समाज तथा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको 26 परिवारहरूले इण्डियन गोर्खा जनशक्ति फ्रण्टमा सामेल भएका हुन।यी समर्थकहरूलाई इण्डियन गोर्खा जनशक्ति फ्रण्टको समष्टि अध्यक्ष वाङछुक योल्मोले खदा लगाएर पार्टीमा न्यानो स्वागत जनाए।इण्डियन गोर्खा जनशक्ति फ्रण्टमा सामेल भएपछि धोतरिया मुन्सी गाउँका ग्राम सेवा समाजको अध्यक्ष सुकमान तामाङले इण्डियन गोर्खा जनशक्ति फ्रण्टका संयोजक अजय एडवर्डाले आफ्नो गोजीको पैसा खर्च गरेर दार्जीलिङ पहाडलाई राम्रो बनाउने दिशामा काम गर्दै आइरहेको छ।वहाँद्वारा गरिएको यस्ता विकास मुलक कार्यहरूदेखि हामी ग्राम सेवा समाजको सदस्यहरू प्रभावित भएका छौ।यतिका वर्षहरूसम्म हामी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको कमर्ठ कार्यकर्ताहरूको रूपमा बसेर पार्टीको काम गर्दै आइरहेका थियौं तर पहाडको सत्ताधारी पार्टीले गर्नु पर्ने काम विपक्षीमा रहेका इण्डियन गोर्खा जनशक्ति फ्रण्ट तथा संयोजक अजय एडवर्डसले फटाफट गर्दै आएको देखेर हामी अजय एडवर्डसप्रति प्रभावित भएका छौ।

दार्जीलिङ पहाडको विभिन्न गाउँ,बस्ती,चिया बगान,सिन्कोना बगान,शहरीय आदि क्षेत्रहरूमा अजय एडवर्डसले आफ्नो गोजीको पैसा खर्च गरेर विकास मूलक कार्यहरू धेरै गरेका छन।गरीब बिमारीहरूको उपचार गरि दिएर निको बनाउनु भएको छ,गरीन विधार्थीहरूलाई शिक्षा आर्जन गराउदै आएका छन।

अजय एडवर्डसको यस्तै समाजिक कार्यहरू देखेर हाम्रो गाउँ तथा ग्राम सेवा समाजको सदस्यहरूले सल्लाह गरेर समर्थन जनाउने निर्णय लिएको हो।आज अजय एडवर्डसलाई समस्त पहाडबासीको समर्थन र सहयोगको खाँचो छ,यी कुरा बुझेर हामी एक छत्र भएर वहाँको साथ खडा हुन आएका हौ।आज हामीसंग ग्राम सेवा समाजको 26 परिवारहरू आएका छौ,भोलीको दिनमा सबै सदस्यहरू लिएर हामी आउने छौ ग्राम सेवा समाजको अध्यक्ष सुकमान तामाङले बताए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ