‘”विजय मल्ल नइ शताब्दी पुरस्कार”- द्वारा प्राo डा० कृष्णराज घतानी काठमाडौंमा पुरस्कृत:

Share this news

नेपाली भाषासाहित्यका सुविख्यात स्रष्टा श्रद्धेय विजय मल्लको शताब्दी महोत्सवका अवसरमा विजय मल्लका सिर्जनात्मक कृतिमा आधारित विद्यावारिधिस्तरीय अनुसन्धान गरेवापत प्रा० डा० कृष्णराज घतानीलाई नइ एकेडेमी, काठमाडौंद्वारा पुरस्कृत एवं सम्मानित गरिएको छ। नइ एकेडेमीका कुलपति इन्दिरा प्रसाईको अध्यक्षता ,महास‌मालोचक डा० बासुदेव त्रिपाठीका प्रमुख आतिथ्य साथै सदस्यसचिव नरेन्द्रराज प्रसाईको निर्देशनमा सम्पन्नित डा० घतानीलाई पच्चिस हजार रूपियाँको नकद राशि साथै स्मृति चिन्हले विभूषित गरिएको छ । यस प्रकारले सम्मानित हुने डा० घतानी एक मात्र भारतीय नेपाली साहित्यिक प्राज्ञ हुन् । डा. घतानी लगायत नेपालका पुरस्कृत हुने छ:जना प्राज्ञह‌रूमा डा. रमा शिवाकोटी, डा० साधना पन्त ‘प्रतीक्षा’, डा0 लेखराज खतिवडा, डा.गोपालप्रसाद गैरे, डा० भगवानन्चन्द्र ज्ञवली र डा० नित्यानन्द खतिवडा रहेका छन। यसै गरी स्रष्टा विजय मल्लका सिर्जनात्मक, कृतिहरूमा आधारित नाट्यमञ्चन तथा चलचित्र निर्माणमा उल्लेखनीय योगदान दिए वापत् ३८ जनालाई “विजय मल्ल नइ शताब्दी पदक’- समर्पण गरिएको छ।
सो पदकद्वारा विभूषित हुनेहरूमा केही उल्लेखनीय नामहरूमध्ये कृष्ण मल्ल, हरिहर शर्मा, टीका पहाड़ी, शकुन्तला शर्मा, चैत्य देवी, लक्ष्मीनाथ शर्मा, मदन दास श्रेष्ठ, प्रा० डा० दयाराम -श्रेष्ठ श्रेष्ठ’ ‘सम्भव’, अंशुमाला शाही, प्रा०डा० महादेव अवस्थी, मुरली धर, नगिना जोशी, लक्ष्‌मी श्रेष्ठ, नीर शाह, भुवन केसी, शिव श्रेष्ठ, गौतमरत्न तुलाधर आदि छन् । काठमाडौं, सञ्चारग्रामको त्रिमूर्ति निकेतन परिसरमा आयोजित उक्त भव्य समारोहमा महास‌मालोचक प्रा० डा० दयाराम श्रेष्ठ, प्रा०डा० कृष्णराज घतानी, मदनास श्रेष्ठ, लक्ष्मीनाथ शर्मा, हरिहर शर्मा, चैत्यदेवी र सदस्य सचिव नरेन्द्रराज प्रसाईले विजयमल्लका स्रष्टा व्यक्तित्वको विभिन्न पक्षलाई कोण -प्रतिकोणबाट विमर्शमीरूपी सम्वोधन गरेका थिए। आधुनिक नेपाली साहित्यका नाटक उपन्यास, कथा र कविता विधामा समानान्तर रूपमा पहिलो प‍‌ङ्तिमा पर्ने विजय मल्ल प्रतिनिधि र अद्वितीय स्रष्टा हुन् र उनको योगदान अविस्मरणीय छ-भन्ने वक्ताहरु‌को निष्कर्ष रहेको थियो। आफुलाई यसरी पुरस्कृत र सम्मानित गरिएकोमा डा० कृष्णराज घतानीले नइ एकेडेमी र परामर्श समितिलाई आन्तरिक सद्भावना र कृतज्ञता प्रकट गरेका छन।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ