West Sikkim road accident
West Sikkim road accident

तिक्जेक भिरमा वहान दुर्घटना तीन जनाको ज्यान गयो ।

Share this news

पश्चिम सिक्किमको तिक्जेक भिर क्षेत्रमा गएराति भएको दर्दनाक सडक दुर्घटनामा तीन जनाको दुःखद निधन भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार फरवरी २८ को राति करिब ११:०० बजे देन्तामबाट गेजिङ तर्फ घर निर्माण सामग्री बोकेर आउँदै गरेको टिप्पर ट्रक (दर्ता नं. SK 02D 1173) अनियन्त्रित भई करिब ३०० फिट तल भीरबाट खसेको थियो।

दुर्घटनामा गाडी चालक सल्ले, गेजिङ निवासी ४० वर्षीय प्रदीप छेत्री, साथै लिङ्चोम निवासी १८ वर्षीय नागेन्द्र गुरुङ र दरापको सिन्ड्राबोङ निवासी २० वर्षीय ओन्छेन भुटियाको ज्यान गएको प्रहरीले जनाएको छ।

घटनापछि रातिको ड्युटीमा रहेका प्रहरी टोलीले घाइतेहरूलाई तत्काल जिल्ला अस्पताल, गेजिङ पुर्‍याएको थियो। तर उपचारको क्रममा तीनै जनालाई चिकित्सकले मृत घोषित गरेका थिए।

मृतकहरूको शव हाल अस्पतालको शवगृहमा राखिएको छ भने कानुनी प्रक्रिया अनुसार मुचुल्का तयार पार्ने कार्य भइरहेको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

जिल्ला प्रहरी प्रमुख छिरिङ शेर्पाले घटनाको पुष्टि गर्दै आधिकारिक जानकारी प्रदान गर्नुभएको हो।

यस दुःखद घटनाप्रति गहिरो समवेदना व्यक्त गर्दै दिवंगत आत्माहरूको चिरशान्तिको कामना तथा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरिएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ