रेबिजमुक्त पहाड़ अन्तर्गत टीकाकरण

Share this news

खरसाङ, (मोहन प्रसाद): रेबिज मुक्त पहाड़ अभियान अन्तर्गत गत दिसम्बर महिनादेखि हजारौंँको संख्यामा कुकुरहरूलाई रेबिजको टीकाकरण गर्ने कार्य कालेबुङ क्षेत्रमा समाप्त गरेपछि दार्जीलिङ गुडविल एनिमल शेल्टरको टीमले अन्य सहयोगीहरूको साथमा गत 5 मार्चदेखि खरसाङ महकुमा क्षेत्रको विभिन्न ठाउँहरूमा रेबिजको टीकाकरण मिशिन शुरू गरेको छ।
उक्त मिशन विषयमा पत्रकारहरूसित बोल्दै, मिशनका एक सहयोगी प्रतिनिधि छोफेल तेञ्जिङले बताए अनुसार, खरसाङ स्थित तीन माइलमा जम्मा 23 वटा कुकुरलाई टीकाकरण गरियो भने यस क्षेत्रमा के-नाइन एवं एआरडीद्वारा अगावै प्रायः धेरै कुकुरको टीकाकरण भइसकेको थियो। यस टीकाकरण अभियान अन्तर्गत सन्त मेरिज क्षेत्रमा जम्मा 38 वटा कुकुरहरूलाई रेबिजको टीका लगाइयो। त्यसरी नै सिंगेल चिया बगान क्षेत्रमा मोठ 218 वटा कुकुरलाई टीकाकरण गरिएयो। तिनले थप जनाए अनुसार, खरसाङ महकुमा क्षेत्रको अन्य भागहरूमा अझ पनि टीकाकरण बाँकी रहे तापनि, बुधवारदेखि यस मिशन अन्तर्गत खरसाङ नगरपालिका क्षेत्रमा पनि टीकाकरण आरम्भ गर्दै वार्ड नम्बर 3 बाट आज शुरू भएको छ। बुधवार वार्ड नम्बर 3 मा जम्मा 42 वटा कुकुरलाई रेबिजको टीका लगाइएको छ।
तिनले थप जनाए अनुसार, खरसाङ्मा यस मिशिन संयुक्तको सहयोगमा भइरहेको छ। जसमा दार्जीलिङ गुडविल एनिमल शेल्टरका टीम सहित दार्जीलिङ एनिमल शेल्टरका पशु स्वास्थ्य सेवा प्रभारी चिकित्सक डा. शिवानी प्रधान, रेबिज मुक्त पहाड़का प्रोजेक्ट प्रबन्धक अश्विन थापा, खरसाङ क्षेत्रका इन्टीग्रेटेड बाइट केस म्यानेजमेन्ट अधिकारी प्रितेश प्रधान, पशु प्रेमी एवं पशु कल्याण माथि कार्य गर्ने गैर सरकारी संगठन के- 9 का प्रतिनिधि निशान्त थापा अनि अन्यान्यको सहयोगमा भइरहेको छ।
रेबिज रोगको रोकथाम गर्न, यो घातक रोगदेखि आफूलाई सुरक्षित राख्न, आफ्नो कुकुरलाई सुरक्षित राख्न, उक्त मिशनका टोली प्रत्येक घर-दैलोमा गएर कुकुरलाई टीकाकरण गरिरहेको, बिहीवार 12 मार्च खरसाङ नगरपालिकाको वार्ड नम्बर 2 मा टीकाकरण गरिने पनि तिनले जनाएका छन्‌‍।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ