अप्पर मामरिङ प्राथमिक पाठशाला अनि समाज सुधार समितिको संयुक्त आयोजना बिदाइ समारोह सम्पन्न

Share this news

खरसाङ,  (निसं)ः अप्पर मामरिङ प्राथमिक पाठशाला अनि समाज सुधार समितिको संयुक्त आयोजना तथा नेतृत्वमा आज एक बिदाइ समारोह सम्पन्न गरिएको छ। कार्यक्रममा विद्यालयमा समर्पणपूर्वक सेवा प्रदान गर्दै आएकी शिक्षिका समिता राईलाई सम्मानपूर्वक बिदाइ गरियो। कार्यक्रममा विद्यालय परिवार, अभिभावक, स्थानीय बुद्धिजीवी, समाज सुधार समितिका पदाधिकारी एचपीसी चर्चका पास्टर महेन्द्र मुखिया अनि विद्यार्थीहरूको उपस्थिति रहेको थियो। यस बिदाई समारोहको सभापतित्व एसएमसीका अध्यक्ष तारा कुमार भुजेलले गरेका थिए भने यस समारोहमा स्वागत मन्तव्य पाठशालाका प्रधानाध्यापक सुरज मुखियाले राखेका थिए।

वक्ताहरूले शिक्षिका समिता राईको अनुकरणीय सेवा, अनुशासन, शिक्षाप्रति समर्पण तथा विद्यार्थीमैत्री व्यवहारको प्रशंसा गर्दै उनको निस्वार्थ योगदानले विद्यालयलाई उल्लेखनीय प्रगति गर्न सहयोग पुगेको बताएका थिए। समारोहलाई सम्बोधन अप्पर मामरिङ प्राथमिक विद्यालयका भूतपूर्व प्रधानाध्यापक डीके छेत्री, पास्टर महेन्द्र मुखिया, समाज सुधार समितिका सचिव पेम्बा शेर्पा, चालक सङ्गठनबाट बसन्त राईले गरेका थिए।

समारोहमा विद्यालय र समितिले संयुक्त रूपमा सम्मानपत्र तथा मायाको चिनो प्रदान गर्दै शिक्षिकाको सफल भावी यात्राको लागि शुभकामना व्यक्त गरिएको थियो। बिदाई शिक्षिका समिता राईको जीवनी शिक्षिका सलिमा राईले प्रस्तुत गरेकी थिए। कार्यक्रमको सञ्चालन शिक्षिका पासाङ लकीले गरेकी थिए। समारोहलाई विद्यालयका विद्यार्थीहरूले प्रस्तुत गरेका गीत-नृत्य तथा सांस्कृतिक कार्यक्रमले आकर्षक बनाएको थियो। समारोहमा शिक्षिका तृष्णा मुखियाले धन्यवाद ज्ञापन गरेकी थिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ