Ujjwal Limbu's response to Alok Kantamani Thulung
Ujjwal Limbu's response to Alok Kantamani Thulung

आलोक कान्तमणि थुलुङलाई उज्ज्वल लिम्बूको ओठे जवाफ

Share this news

अजय एडवर्डसप्रति जनताको झुकाउलाई रोक्न नसक्दा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको नेतृत्वहरू अजय एडवर्डसको जातमाथि कटाक्ष गर्न शुरू गरेको बताउँदै आइजीजेएफका केन्द्रीय कार्यकारिणी सदस्य उज्ज्वल लिम्बूले भ्रष्टाचारदेखि जनताको ध्यान हटाउनलाई अजय एडवर्डसको जातमाथि कटाक्ष गर्ने काम बन्द गर्ने चेतावनी दिएका छन्। गत केही दिन अघि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको एक सभामा पार्टीको केन्द्रीय बरिष्ठ कार्यकर्ता तथा महकुमा समिति अध्यक्ष आलोक कान्तमणि थुलुङले जनताको अजय एडवर्डसप्रतिको झुकाउलाई रोक्न उसको जातमाथि कटाक्ष गरेका थिए। इण्डियन गोर्खा जनशक्ति फ्रण्टले आफ्नो गठनकालदेखि नै माटो पनि छोडदैनौं बाटो पनि छोडदैनौं भन्ने स्पष्टसंग बताउँदै आइरहेको छ। जसको फलस्वरूप आइजीजेएफका केन्द्रीय संयोजक अजय एडवर्डसले आफ्नो गोजीको पैसाले पुल, सडक, सार्वजनिक भवन आदि जस्ता बुनियादी विकासको कार्य धमाधम गर्दै आइरहेका छन्। अजय एडवर्डसको यस्तो विकास कार्यहरू देखेर जनताको झुकाउ दिन प्रति दिन बढ्दै गइरहेको छ। जनताको झुकाउ बढेको देखेर पहाडको सत्ता दलको नेतृत्वहरूले पुलिस प्रशासन लगाएर निर्माणाधीन पुलहरूको निर्माण कार्य रोक्न लगाए, निर्माणाधीन सडकहरूको निर्माण कार्य रोक्न लगाए, मामिला दर्ता गराए, धम्की दिए तर पनि केही गर्न नसक्दा अहिले अजय एडवर्डसको जातमाथि कटाक्ष गर्न थालेका छन्। पहाडको सत्ता दलको नेतृत्वहरूले विकासको निम्ति आएको राशिहरूमाथि भ्रष्टाचार गरेका छन्। उनीहरूले गरेको भ्रष्टाचारको पोलहरू खोलिने डरले आइजीजेएफ तथा अजय एडवर्डसमाथि विभिन्न प्रकारको षडयन्त्रहरू रच्ने कार्यहरू भइरहेको छ। जनताको सेवा गर्नु पाप हो, सडक पुग्न नसकेको गाउँमा सडक पुराउनु पाप हो, पुल नभएको गाउँमा पुलको निर्माण गर्न पाप हो ? आलोक कान्तमणि थुलुङले गोर्खाल्याण्डको मांगलाई जातसंग जोख्ने काम नगरेको राम्रो हो। प्रस्तावित गोर्खाल्याण्ड क्षेत्रमा बसोबास गर्ने प्रत्येक मानिसहरूलाई गोर्खाल्याण्डको खाँचो छ, चाहे त्यो गोर्खा होस्, चाहे, बंगाली, बिहारी, मुस्लिम सबैलाई गोर्खाल्याण्डको खाँचो छ। आलोक कान्तमणि थुलुङको भनाइलाई हेर्ने हो भने कांग्रेस नेता राहुल गान्धीले पनि जात बेचेको हो त ? राहुल गान्धीका पिता स्व राजीब गान्धीले पनि जात बेचेका थिए त ?? इन्दिरा गान्धीले पनि जात बेचेकी थिइन् त ??? हामीलाई कुलको पुजा गर्नु छैन, जातिको उन्मुक्ति गर्नु छ। भागोप्रमोको नेतृत्वहरूमा जनताप्रति सेवा भावना छ भने आफ्नो गोजीको पैसाले जन सेवा कार्य गरेर देखाउन्। आलोक कान्तमणि थुलुङ तकभर समष्टिको लिम्बु बस्तीका निवासी हुन्। गत दिन सिंहमारीदेखि तकभरको जिरोसम्म निर्माण भएको सडक तथा जिरोदेखि सिंगला कमानसम्मको बाटोको निमार्ण कार्यलाई नियालेर हेर्दा हुन्छ। 22 करोड रूपियाको लगनीमा निर्माण कार्य पुरा भएको सडकमा नाला खै कहाँ छ ? बाटोको निर्माण कार्य जुन गुणस्तरमा हुन पर्ने के त्यो भएको छ त ?? जातको कुरा गरेर जनतालाई भ्रममा पार्नभन्दा सरकारले दिएको राशिले बाटोको निर्माण कार्य राम्रोसंगले गर्ने सुझाउ दिंदै जनताको नाममा आएको पैसा सही ठाउँमा प्रयोग गरिएको भए आज कसैको जातमाथि कटाक्ष गर्ने जरूरत पर्ने उज्ज्वल लिम्बूले बताए।

Share this news
आजको रोजाइ
राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

आजको रोजाइ