खरसाङ टुरिष्ट लजन नजिक पाईपमा चिप्लिएर दुई चक्के सवारहरू लड़दैछन्

Share this news

खरसाङ, (निसं)ः खरसाङ टुरिष्ट लजदेखि उकालो हिमाली बोर्डिङ स्कूल जाने सड़कमा रेलको लिक नजिक मोटर बाईक अनि स्कुटी सवारहरू पाईपमा चिप्लिएर लड़दैछन्‌‍। यस स्थानमा रेलको लिक पार गर्नसाथै बाटोमा बिछ्याइएको पानीको ठूलो पाईप रहेको छ। ती पानीको पाईपहरू सड़क मुनि नगाड़ेर सड़कमा अर्घेलो प्रकारले बिछ्याइएको हुनाले पाईपमा बाईक, स्कुटी चिप्लिने गरेको छ। यसै स्थानमा ती पाईपहरूबाट पानी निरन्तर चुहुने गरेकोले चुहेको पानीको कारण पाईप अझ चिप्लो हुने गरेको मोटर बाईक, स्कुटी चिप्लिएर सड़ने गरेको दुई चक्को सवारहरूले बताएका छन्‌‍।

डुमाराम बस्तीका एक मोटर बाईक सवारले आफ्नो मोटर बाईक यस स्थानको पाईपमा चिप्लिएर आईतवार लड़ेको बताएका छन्‌‍। तिनले भने, रातिको समयमा घर फर्कन्दै थिएँ। यस स्थानमा रहेको पानीको पाईप पार गर्न लाग्दा एक्कासी पाईपमा बाईक चिप्लियो। बाईक चिप्लिएपछि बाईक संगै म पनि लड़ेँ। यसरी लड़दा मलाई घुड़ामा र हातमा चोट लाग्यो। यस स्थानमा यसरी अर्घेलो प्रकारले पानीको ठूलो पाईप नबिछ्याउन पर्ने हो, पाईप जमिन मुनि गाड़नु पर्ने हो। यहाँ यस प्रकारले पानीको पाईप बिछ्याइएको छ भने यसै स्थानमा यी पाईपहरूबाट पानी लगतार चुहुने गरेको छ। पानी चुहेर सड़क, पाईप सबै भिजेको अवस्थामा हुन्छ। यस्तो अवथिमा मोटर बाईक, स्कुटी चिप्लिने गर्छ।

डुमाराम बस्तीकै अर्का एक व्यक्तिले पनि यस स्थानमा दुई-तीन पल्ट आफ्नो स्कुटी चिप्लिएको बताउदै भने, यहाँ रेलको लिक छ, रेलको लिक पार गर्नसाथै यसरी सड़कमा बिछ्याइएको पानीको ठूलो पाईपहरू पार गर्न पर्ने हुन्छ। यी पाईपहरू पार गर्दा अलिकति पनि गल्ती भयो भने मोटर बाईक- स्कूटी चिप्लिन्छ। म यहाँ दुई-तीन पल्ट लड़िसकेको छु, तथापि ठूलो चोट भने लागेन। तिनले यस स्थानमा मोटर बाईक र स्कुटी मात्र नभएर साना गाड़ी पनि यहाँ चिप्लिने गरेको पनि बताए। अर्को तर्फ खरसाङ टुरिष्ट लजदेखि उकालो हिमाली बोर्डिङ स्कूल तर्फ जाने यो सड़कमा बिछ्एको पानीको पाईपबाट नियमित पानी चुहेर राष्ट्रिय राजमार्गमा बग्ने गरेको छ। राष्ट्रिय राजमार्गमा लगतार चुहेको पानी बग्ने गरेकोले सड़क टिकाउ रहँदैन। यसैले यस स्थानमा राष्ट्रिय राजमार्ग जहिले पनि भत्किएको अवस्थामा रहने गरेको छ भन्ने धेरैले गुनासो छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ