पटक पटक चलान काटिएकोले खरसाङमा दुई चक्के सवार हैरान

Share this news

खरसाङ,  (निसं)ः यस समय खरसाङका बाईक-स्कुटी सवारहरू ट्राफिक पुलिसको चलानले दिक्क बनेका छन्‌‍। शहरको राष्ट्रिय राजमार्गमा मोटर बाइक-स्कुटी पार्किङ गर्न दिइन्दैन। वर्द्धवान रोडमा दुई चक्के सवारी पार्किङको निम्ति दुई स्थान चिन्हित गरिएको छ। यी दुवै स्थानमा लगभग तीसवटा जति दुईचक्के सवारी पार्किङ गर्न सकिन्छ। पार्किङ गर्ने ठाउँ नपाएपछि डाउहिल रोड, मन्टभियट रोड, बजारको गल्लीमा पार्किङ गर्नु पर्छ। यसरी डाउहिल रोड, मन्टभियट रोड, पङ्खाबारी रोडमा लगेर बाइक-स्कुटी पार्किङ गर्दा पनि चलान काटिदिन्छन्‌‍। अब हामीले पार्किङ कहाँ गर्ने, भन्ने भनाइ दुई चक्के सवारहरूले गरिरहेका छन्‌‍।

सिलगढ़ीबाट खरसाङ्मा कुनै काम लिएर आएका मानिसहरूले पनि मोटर बाइक-स्कुटी पार्किङ गर्नलाई ठाउँ नपाएकाले समस्याको सामना गर्न परिरहेका छन्‌‍। सिलगढ़ीबाट यहाँको एक्सिस ब्याङ्मा एउटा काम लिएर आएका एक व्यक्तिले आफ्नो मोटर बाइक पार्किङ गर्नलाई शहरको दुई फन्को ठाउँ नपाएपछि 20 मिनटको कामको शहर फन्को मार्न आधा घण्टा त्यसै खेर गएको बताए। तिनले दिक्क भएर अस्पताल मोड़मा ड्युटीमा खटिएका एक सिभिक भोलिन्टियरलाई पार्किङ गर्नको निम्ति अस्पताल मुनि वर्द्धवान रोडको तल्लो किनारमा आफ्नो बाइक राख्ने अनुमति मागिरहेका थिए।

खरसाङ्का एक सम्वाददाताले आफूले अहिलेसम्म तीन पल्ट आफ्नो मोटर बाइकको निम्ति चलान भुक्तान गरिसकेको बताएका छन्‌‍। तिनले प्रथम चालन राष्ट्रिय राजमार्गमा 10 मिनट पार्किङ गरेकोमा भुक्तान गरेको बताएका छन्‌‍ भने एक दिन मोटर बाइकमा आउँदा आउँदै रिँगटा लागेको जस्तो भएर अस्पतालको गेटमा बाइक रोकेर डाक्टर देखाउन गएको समय चालन भुक्तान गर्न परेको थियो अनि केही दिन अघि खरसाङ मुख्य डाकघरको आधार सेवा केन्द्रमा रहेका मानिसहरू मध्ये एकबाट गुनासो प्राप्त भएपछि डाउहिल रोड किनारमा आफ्नो बाइक रोकेर समचार सङ्कलन गर्न गएको समय चालान भुक्तान गर्न परेका थिए।

तीनधारेका एक मोटर बाइक सवारले पनि आफूले चार पल्ट चालन भरिसकेको बताएका छन्‌‍। तिनले भने, खरसाङ बजारमा मोटर बाइक-स्कुटी पार्किङ गर्ने जग्गानै छैन। एक क्षणको लागि त हो भनेर बाइक सड़क किनारमा छोड़ेर गयो केही समयपछि मोबाइलमा चलानको एसएमएस आएको हुन्छ।

वर्तमानमा खरसाङ अनि वरिपरि क्षेत्रमा प्रत्येक दिन मोटर बाइक स्कुटीको संख्यामा वृद्धि भइरहेको छ। कम खर्चमा छिटो-छरितो यात्राको निम्ति मोटर बाइक स्कुटी अति सजिलो सवारी बनेको छ। अहिले चिया बगानमा काम गर्न जानको निम्ति पनि मानिसहरूले स्कुटीको प्रयोग गरिरहेका छन्‌‍। मोटर बाइक-स्कुटीको संख्यामा यस प्रकारले वृद्धि भइरहेको छ भने पार्किङको निम्ति अहिलेसम्म कुनै व्यस्था गरिएको छैन। खरसाङ बजारमा वर्द्धवान रोडमा दुई जग्गा मोटर बाइक-स्कुटी पार्किङ्को निम्ति जग्गा दिइएको छ। उक्त स्थानमा खरसाङ बजारमा आएका मोटर बाइक-स्कुटीहरू मध्ये 40 प्रतिशत पनि अटाउन सकिन्दैन। पार्किङ गर्ने ठाउँ नपाएपछि दुई चक्के सवारहरूले गड्डी लाइनको गल्ली, मन्टभियट रोड, पुष्परानी विद्यालय जाने गल्ली, डाउहिल रोड, नयाँ बजार रोड अनि अन्य स्थानहरूमा लगेर आफ्नो मोटर बाइक-क-स्कुटी पार्किङ गर्ने गर्छन्‌‍। वर्तमानमा शहरदेखि बाहिर डाउहिल रोड, मन्टभियट रोडमा पार्किङ गर्दा पनि फोटो खिचेर चलान काट्ने गरेको दुई चक्के सवारहरूको गुनासो छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ