Vijay Lama murder Darjeeling
Vijay Lama murder Darjeeling

बदमताममा हत्याको आरोपमा नबालक लगायत दुई जना पक्राउ 

Share this news

दार्जीलिङ,3 म मई(निसं): विवाहबाट फर्किएर आइरहेका तीनजना मित्रहरू माझ बाटोमा भनाभरी साथै झगडा भएर कुटाकुट हुँदा एकजना विजय लामा नामक व्यक्तिलाई हत्या गरिएको घटना प्रकाशमा आएको छ। घटनालाई लिएर क्षेत्रमा निकै सनसनी फैलिएको साथै समयमा नै हत्यारा आरोपीद्वयलाई पुलिसले पक्राउ गरिएको जानकारी प्राप्त भएको छ।विजय लामा हत्या आरोपी उमेश मुखिया लाई शनिबार दार्जीलिङ जिल्ला अदालतमा उपस्थित गराइयो भने उनलाई चार दिनको निम्ति पुलिस हिरासतमा जिल्ला अदालतले पठाइएको जिल्ला अदालत एसिस्टेन्ट पब्लिक प्रसिक्युटर ऐचन्तु बाक्सिले जानकारी दिएका छन्।

आरोपी मुखियालाई आगामी 6 मईको दिन फेरि जिल्ला अदालतमा उपस्थित गराइनेछ।उनले बताएअनुसार, विजय लामा हत्या काण्ड आरोपी अर्का एकजना नाबालक लाई पनि पक्राउ गरिएको छ। उनलाई दार्जीलिङ जिल्ला जुबिनाइल अदालतमा पेश गरियो। घटनाको जानकारी गराउँदै जिल्ला अदालत एपीपीले बताए अनुसार, गत 1 मईको दिन राति लगभग 10:30 बजीतिर मृतक विजय लामा गाउँको नालीमा लडिरहेको देखेर गाउँकै एनबी मुखियाले लेबोङमा जानकारी गराएपछि विजय लामालाई स्पताल पुर्‍याइयो जहाँ डाक्टरहरूले लामालाई मृतक घोषणा गरिएको बाक्सिले बताए। उनले थप बताएअनुसार, मृतक विजय लामा हत्या आरोपी उमेश मुखिया अनि एक नाबालक विवाहबाट फर्किँदा बाटोमा झगडा भएर विजय लामामाथि प्राणघातक हमला गरिएको प्राथमिक जाँचमा थाहा लागेको छ, जाँच अनुसार मृतक लामालाई निकै गम्भीर रूपमा कुटपिट गरिएको जानकारी छ।

यस घटनाबारे दार्जीलिङ  जिल्ला जुबिनाइल अदालतका स्पेसल पब्लिक प्रसिक्युटर जयन्ती देवानले बताए अनुसार, विजय लामा हत्यारोपी नबालकलाई जलपाईगुडी बाल सुधार गृहमा पठाइयो, उनलाई आगामी 14 दिनपछि पुनः जुबिनाइल अदालतमा उपस्थित गराइनेछ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ