मजुवा ग्रामको दुइवटा संसद स्वच्छ गाउँ घोषित

Share this news

मजुवा, 9 जुलाई : पुल-बिजनबारी खण्ड विकासको पहलमा स्वच्छ भारत अभियानको कार्यक्रम मजुवा ग्रामबाट शुरू गरिएको छ।जसमा मजुवा ग्रामका दुइवटा संसद स्वच्छ गाउँ घोषित भएको छ। पहिलो चरणको कार्यक्रममा दार्जीलिङ पुल-बिजनबारी खण्ड विकास अधिकारी सत्यन गोईन, खण्डविकास सह-अधिकारी देनुका राई, मजुवा ग्राम पञ्चायत प्रधान रोगेन वाङ्दी लेप्चा, उप-प्रधान सरिता सुब्बा,ग्राम सचिव कुशल सुब्बा आदिको उपस्थितिमा स्वच्छ भारत अभियान अन्तर्गत मैला कुचेला आदिको छनौट गर्दै प्लास्टिकलाई  रिसाइकलिङको निम्ति एकत्र गरियो। बिजनबारी खण्ड अन्तर्गत मैला कुचेला बोक्ने वाहनलाई मजुवा ग्रामबाट नै सञ्चालनमा ल्याइएको अधिकारी गोईनले बताए। पुल-बिजनबारी खण्डको पहिलो कार्यक्रममा नै मजुवा ग्राम संसद 1 अनि 3 लाई स्वच्छ गाउँको घोषित गरिएको छ। यसै सन्दर्भमा बोल्दै खण्ड विकास सह-अधिकारी देनुका राईले भने यो दुइवटा संसद मात्र होइन सम्पूर्ण मजुवा ग्राम नै स्वच्छ ग्रामको रूपमा चाँडै देख्न पाउँ, तर हाम्रो उदेश्य खण्ड विकास बिजनबारी नै स्वच्छ खण्ड भनेर पुल-बिजनबारीलाई घोषित गर्नु रहेको बताए।
 स्वच्छ भारत अभियानको मैला कुचेलाको पक्षहरू सिध्याएपछि डा.राधाकृष्णन उच्चत्तर माध्यमिक विद्यालयमा सचेतना कार्यक्रमको आयोजना गरियो।
 स्वच्छ भारत अभियानलाई लिएर मजुवा ग्राम पञ्चायत अनि विद्यालयको संयुक्त आयोजनामा सम्पन्न प्लास्टिक प्रतिबन्ध विषयमाथि सचेतना गराउदै दार्जीलिङ पूल-बिजनबारी खण्ड विकास अधिकारी सत्यन गोईन, खण्डविकास सहअधिकारी देनुका राई, मजुवा ग्राम पञ्चायत प्रधान रोगेन वाङ्दी लेप्चा, उप-प्रधान सरिता सुब्बा, सचिव कुशल सुब्बा, स्वच्छ भारत अभियान दार्जीलिङ जिल्ला संयोजक अनि विद्यालयका प्रधान अध्यापक पीके राईले स्वच्छ भारत अभियान सम्बन्धमा उपस्थित जनसाधारण लगायत विद्यार्थीहरूलाई प्लास्टिक प्रयोगबाट हुने नकारात्मक पक्षहरूको विस्तृत जानकारी गराउँदै जनसाधारणले नै जति सक्दो प्लास्टिकजन्य कुराहरूको प्रयोग नगर्ने अपिल गरे ।शिक्षिका भावना प्रधानले स्वागत मन्तब्य राखेको कार्यक्रमलाई शिक्षक सत्यम् राईले सञ्चालन गरेका थिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ