Two organizations inaugurate
Two organizations inaugurate

दुइ संस्थाद्वारा १७ औँ राष्ट्रिय बाल नाटक महोत्सव २०८२ को उद्घाटन

Share this news

रुसी सदन र शैली थिएटर नेपालद्वारा आयोजित १७ औँ राष्ट्रिय बाल नाटक महोत्सव २०८२ को उद्घाटन समारोह हिजो माघ २६ गते सम्पन्न भएको छ। यही माघ २६ गतेदेखि फागुन २ गतेसम्म प्रदर्शन हुने उक्त कार्यक्रम रुसी सदन, कमलपोखरी, काठमाडौंमा सञ्चालन भइरहेको छ।

कवि, कथाकार तथा कविडाँडा समाजका अध्यक्षएल. बी. क्षेत्रीको प्रमुख आतिथ्यतामा महोत्सवको उद्घाटन गरिएको हो। उद्घाटन समारोहमा बोल्दै उनले राष्ट्रिय बाल नाटक महोत्सव आयोजना गरेकोमा आयोजकलाई बधाई दिँदै नाटक समाज, संस्कृति र राष्ट्रिय पहिचानको सशक्त माध्यम भएको उल्लेख गर्नुभयो। नाटककर्मीहरूले विभिन्न कठिनाइका बाबजुद निरन्तर सिर्जनशीलता र समर्पणका साथ योगदान दिँदै आएकोप्रति प्रशंसा गर्दै उनले यस्ता कार्यक्रमहरूले युवा पुस्तालाई प्रेरणा दिई नेपाली कला–संस्कृतिको प्रवर्द्धन गर्दै निरन्तरता पाओस् भन्ने कामना गरे।

रुसी सदनकी निर्देशक अनास्तासिया खोक्लोभाले रुसी सदनले नेपाल–रूसबीचको सांस्कृतिक सहकार्यलाई निरन्तर प्रवर्द्धन गर्दै आएको र रङ्गमञ्च सांस्कृतिक आदान–प्रदानको सशक्त माध्यम भएको बताइन्। उद्घाटन अवसरमा मन्तव्य राख्दै उनले बाल नाटक महोत्सवले बालबालिकाको आत्मविश्वास, सिर्जनशीलता र अभिनय क्षमताको विकास गर्दै दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई आधार तहबाट सुदृढ बनाएको उल्लेख गरिन्। यसका साथै, आयोजक, कलाकार, प्रशिक्षक, अभिभावक तथा दर्शकप्रति बधाई तथा शुभकामना व्यक्त गर्दै कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा खुशी प्रकट गरिन्।

शैली थिएटरका सल्लाहकार, लेखक तथा समालोचक महेश पौड्यालले बाल नाटक केवल अभिनय मात्र नभई बालबालिकाको आत्मविश्वास, सिर्जनशीलता, संवेदना र सामाजिक चेतनाको विकास गर्ने सशक्त माध्यम भएको सन्देश दिए। शिक्षा, संस्कृति र सामाजिक विषयहरूलाई समेट्दै जिम्मेवार र सचेत नागरिक निर्माणमा बाल नाटकको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले सहकार्य, निरन्तरता र नवीनतामार्फत बाल नाटकलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिन्।
कार्य​क्र​म​मा सुप्र​सिद्ध​ बाल​ गीत​कार​ एव​म् स्र​ष्टा राम​बाबु सुवेदीलाई स​म्मान ग​रिएको थियो। अप्रतियोगी बाल नाटक ‘पार्वती’ बाट उद्घाटन सुरु गरिएको उक्त महोत्सवले दर्शकमा थप रौनकता थ​प्यो।। महोत्सवमा फागुन १ गतेसम्म १६ वटा नाटक मञ्चन हुनेछन् भ​ने फागुन २ ग​ते पुर​स्कार​ वित​र​ण र​ स​माप​न स​मारोह हुनेछ। य​स​ म​होत्स​व​का निर्णाय​कमा र​ङ्ग​कर्मी आशान्त​ श​र्मा अनि केदार​ श्रेष्ठ र​हेका छ​न्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ