लोवर गोकमा ढुंगाले किल्चेर दुईजनाको निधन 

Share this news

दार्जीलिङ-गोक,17 जुलाई(निसं): दार्जीलिङ-पुलबजार खण्ड अधिनस्त गोक-1 ग्रामको लोवर गोकमा बुधबार लगभग चार बजीतिर दुई जनाको दु:खद निधन भएको खबर प्रकाशमा आएको छ। घटनाअनुसार लोवर गोक जामुने नजिकैको जगलमा खाने पानी बनाएर फर्किने क्रममा अचानक माथीबाट ढुंगा खसेपछि उक्त दु:खद घटना घटेको बताइएको छ भने ढुंगाले चेप्टिएर लगभग तीस बर्षीय प्रनिल योगीको घटनास्थलमै ज्यान गएको तथा ढुंगाले लागी गम्भीर रूपमा घाइते बनेकी स्थानीय बुद्दीराज सुब्बाको लगभग 6 वर्षीय  छोरी सामन्त सुब्बाको अस्पताल लैजाने क्रममा निधन भएको परिवार सुत्रले जनाएको छ।
प्रनिल योगी खरसाङ निवासी रहेको तथा पेशाले जेसीभी गाडीको ड्राइभर रहेको थाहा लागेको छ भने प्रनिल सामन्तको फुपूको छोरा रहेको समेत बताइएको छ। यसका साथै प्रशासनले स्थलगत भ्रमण गर्दै आवस्यक कार्वाही शुरु गरिसकेको तथा मृतदेहलाई पोस्टमार्टमको निम्ति दार्जीलिङ जिल्ला अस्पताल पठाईएको प्रशासनले बताएको छ।


Share this news
आजको रोजाइ
निःशुल्क कानुनी सहायता तथा जनचेतना कार्यक्रम सम्पन्न

निःशुल्क कानुनी सहायता तथा जनचेतना कार्यक्रम सम्पन्न

अन्तर्राष्ट्रिय हिमालयन रन एण्ड ट्रेक 9 नाेभेम्बरदेखि हुने

अन्तर्राष्ट्रिय हिमालयन रन एण्ड ट्रेक 9 नाेभेम्बरदेखि हुने

बुढीखोप सबमाविको ७५औं प्लेटिनम जुबिलीमा सीएम

बुढीखोप सबमाविको ७५औं प्लेटिनम जुबिलीमा सीएम

वन्दे मातरमको १५० वर्ष पुरा, मिरिकमा निकालियो रैली

वन्दे मातरमको १५० वर्ष पुरा, मिरिकमा निकालियो रैली

जल जीवनसंग सम्बन्धित सबै कामहरू देखरेख कमिटिले हेर्ने

जल जीवनसंग सम्बन्धित सबै कामहरू देखरेख कमिटिले हेर्ने

अस्तव्यस्त बनेको सियोक, गोदाम धुराको स्थिति सुध्रेको छैन

अस्तव्यस्त बनेको सियोक, गोदाम धुराको स्थिति सुध्रेको छैन

बुढीखोप सिनियर सेकन्डरी स्कूलको प्लेटिनम जुबली कार्यक्रम

बुढीखोप सिनियर सेकन्डरी स्कूलको प्लेटिनम जुबली कार्यक्रम

पद्मा छोईलिङ गुम्बामा तीन दिवसीय ल्हा बब दुईञ्छेन पूजा गरिने

पद्मा छोईलिङ गुम्बामा तीन दिवसीय ल्हा बब दुईञ्छेन पूजा गरिने

‘बागंलार माटी, बागंलार जल’ गीत जीटीए विद्यालयहरूमा नपर्ने

‘बागंलार माटी, बागंलार जल’ गीत जीटीए विद्यालयहरूमा नपर्ने

गोल्ड कपमा दार्जीलिङ पुलिस अनि दलसिङ पाडा विजयी

गोल्ड कपमा दार्जीलिङ पुलिस अनि दलसिङ पाडा विजयी