जाड़ोको मौसममा पनि पर्यटकहरू खरसाङ आइरहेका छन्

Share this news

खरसाङ, (निसं): यो वर्ष जाड़ोको मौसममा पनि खरसाङ्मा पर्यटकहरूक आगमन राम्रो रहेको पाइएको छ। वर्तमानमा पनि खरसाङ बजारमा विभिन्न स्थानबाट आएका पर्यटकहरू घुमिरहेको, प्राकृतिक दृश्य, सानो रेलको मनोरम दृश्य अवलोकन गरिरहेका देखिन्छन्‌‍ भने कतिपय यहाँको विभिन्न पर्यटन स्थलहरूमा घुम्दै गरेका, फोटो खिच्दै गरेका, भिडियो बनाउदै गरेका पाइन्छन्‌‍। वर्तमानमा पनि दार्जीलिङ हिमालय रेलवेको सानो रेलमा पनि पर्यटकहरूको संख्या सन्तोषजनक पाइएको छ। खरसाङ बजार वरिपरि होमस्टे सञ्चालन गर्नेहरू मध्ये कतिपयले यस वर्ष तिनीहरूको होमस्टेमा यो जाड़ो मौसमको त्यति धेरै प्रभाव नपरेको बताएका छन्‌‍। खरसाङ्को डाउहिल फरेस्ट इको पार्क, बरबुङ्को हनुमान डाँड़ा, गिद्धे पहाड़कको रक गार्डन अनि अन्य पर्यटन स्थलहरमा पर्यटकहरूको चहल-पहल यो जाड़ोको मौसममा पनि राम्रो पाइएको छ। यो जाड़ोको मौसममा पनि आइतवारको दिन यहाँको डाउहिलस्थित फरेष्ट इको पार्कमा पर्यटकहरू लिएर आएको गाड़ी पार्किङ गर्नलाई स्थान नरहने गरेको, त्यहाँका दोकानहरू राम्ररी सञ्चालन भइरहेको क्षेत्रका मानिसहरूले बताएका छन्‌‍। यसको अतिरिक्त वर्तमाना जाड़ोको मौसममा पनि सिटोङ क्षेत्रमा पर्याप्त सख्यामा पर्यटकहरू गइरहेका चालकहरूले बताएका छन्‌‍। खरसाङ अनि वरिपरि क्षेत्र पर्यटन पूर्वाधारहरूको अझ बढ़ी विकास गरिएको खण्डमा र पर्यटकहरूको सुविधाको निम्ति गाड़ी पार्किङ स्थल निर्माण गरिएको, शहरको स्वच्छतालाई अधिक ध्यान दिइएको अनि पर्यटक अनुकुल वातावारणको विकासमा अझ बड़ी ध्यान दिइएको खण्डमा खरसाङ्मा पर्यटकहरूको आगामना अझ बढ़ोत्तरी हुने पर्यटनसित सम्बन्धित मानिसहरूको मत छ।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ