पुसको यो कठ्याङ्ग्रिने जाड़ोमा पनि खरसाङमा पर्यटकहरूको आगमन उत्साह जनक

Share this news

खरसाङ,  (निसं): पुसको यो कठ्याङ्ग्रिने जाड़ोमा पनि खरसाङमा पर्यटकहरूको आगमन उत्साह जनक रहेको छ। यस समय पनि खरसाङ्मा धेरै पर्यटकहरू आइरहेका छन्‌‍। खरसाङ बजारदेखि लगभग 3 किलो मिटर माथि रहेको डाउहिल फरेष्ट इको पार्कमा आइतवार पर्यटकहरूको निकै भीड़ देखियो। यस इको पार्कमा पर्यटकहरूलाई लिएर आएका गाड़ीहरूले एक समय पार्किङ गर्ने स्थान पाएका थिएनन्‌‍। इको पार्कको प्रवेशद्वार नजिकको स्थानमा पर्यटकहरूलाई लिएर अगावै आएका गाड़ीहरू खचाखच रहेकोले कतिपय गाड़ी चालकहरूले निकै पर गाड़ी लगेर पार्क गरिरहेका थिए। यहाँ आउने पर्यटकहरूमा कतिपय परिवारको साथमा आएका थिए भने कतिपय साथीहरूको साथमा आएका थिए भने कतिपय युगल पर्यटकहरू पनि देखिएका थिए।

यहाँ घुम्न आएका कतिपय पर्यटकहरूले आफूहरू दिनभर खरसाङको विभिन्न स्थानमा घुमेर बेलुकी सिलगढ़ी घर फर्किने बताए भने कतिपयले केही दिनदेखि यहाँको होमस्टेमा बसिरहेको बताए। यी पर्यटकहरू मध्ये कतिपयले आफूहरू एक हप्ता अघि सिटोङ गएको र त्यहाँ बसेर फर्किएको समयमा यस पार्कमा घुम्न आएको बताए। एक पर्यटक सुधांशुले आफूलाई खरसाङ्को डाउहिल इको पार्क, चिम्नी, गिद्धेको भ्यू पोइन्ट, हनुमान डाँड़ा राम्रो लाग्ने गरेकोले समय समयमा खरसाङ आइरहने गरेको बताए। तिनले भने, हप्ताभर काम गरेपछि शनिवार र आइतवार बिदा हुन्छ। बिदाको अवधिमा मन-मष्तिस्कलाई राहत दिनको निम्ति यसरी घुम्न आउने गरेको पनि तिनले बताए।

स्मरण गराइन्छ, विगत केही वर्षदेखि खरसाङ्मा पर्यटकहरूको आगमनमा वृद्धि भएको छ। यसको कारण खरसाङ्मा निर्माण गरिएका पर्यटन स्थलहरू हो भनी कतिपयले बताइरहेका छन्‌‍ भने कतिपयले खरसाङ्मा रहेका होमस्टेहरूले सुलभ दरमा राम्रो सेवा र सुविधा प्रदान गरिरहेको कारणले पनि यसरी पर्यटकहरूको आगमनमा वृद्धि भएको बताएका छन्‌‍। कतिपय मानिसहरू भने वर्तमानमा पहाड़क शान्ति रहेकोले यसरी खरसाङ्मा पर्यटकहरूको आगनमा वृद्धि भएको हो भनी दावी गर्छन्‌‍। यसरी विविध कारणले खरसाङ्मा पर्यटकहरूको आगमनमा वृद्धि भइरहेको छ भने खरसाङ्मा पाँच तारे होटलहरूको सञ्चालन र आगामी दिनमा निर्माण गरिने यस्ता होटलहरूले पर्यटकहरूको आगमना थप टेवा पुऱ्याएको छ।

Share this news
आजको रोजाइ
अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

आजको रोजाइ