होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

Share this news

खरसाङ, (मोहन प्रसाद): खरसाङ्को डाउहिल रोडस्थित एउटा होम स्टेको खिड़कीबाट कथित रूपमा झरेर एउटा पर्यटकको मृत्यु भएको छ। मृतक 23 वर्षीय सप्तनील च्याटर्जी रहेका छन्‌‍। प्राप्त जानकारी अनुसार, तिनी कलक्ताको एउटा युनिभर्सिटीका इञ्जिनियरिङ्का छात्र थिए । खरसाङ्को डाउहिल रोडस्थित उक्त होम स्टेमा तिनी अनि तिनका अन्य पाँचजना साथीहरू पनि बसेका थिए । पुलिसद्वारा प्राप्त भएको जानकारी अनुसार, कलकत्ताबाट आएर मृतक अनि मृतकका केही साथीहरू प्रथममा जलपाईगढ़ीमा बसेर शनिवार दिउँसो खरसाङ्को उक्त होम स्टेमा आएर बसेका थिए। सोमवार बिहान लगभग पाँच बजे अचानक होम स्टेको रूमको खिड़कीबाट केही झरेको जस्तो आवाज आयो उक्त आवाज संग संगै एम्बुलेन्स-एम्बुलेन्स भन्दै चिच्याउएर सहयोगको अपिल गरेको आवाज छेउछाउकाहरूले सुने। छेउछाउका मानिसहरूले उक्त आवाज होमस्टेबाट आएको, होमस्टेमा बसिरहेका एक व्यक्ति झरेको रहेछ र तिनका साथीहरूले सहयोगको निम्ति गुहार माग्दै चिच्याएका रहेछन्‌‍ भनी थाहा पाए। छेउछाउका मानिसहरूले यो कुरो थाहा पाएपछि होम स्टेकाहरू साथै अन्यहरूको सहयोगमा झट्टै होम स्टेबाट कथित रूपमा झरेको उक्त विद्यार्थीलाई उठाएर अस्पताल ल्याए, अस्पतालमा तिनलाई डाक्टरले मृत घोषित गरे। होम स्टेबाट झर्दा उक्त युवकको टाउकोमा गम्भीर चोट लागेको थियो। पछि खरसाङ थानाबाट पुलिसहरू घटना स्थलमा पुगेर निरीक्षण गरी जाँच कार्य आरम्भ गरेको छ। पुलिसले उक्त होमस्टेमा बसिरहेका मृतकका साथीहरूसित सोधखोज गरिरहेको छ। पुलिसबाट जानकारी पाइए अनुसार मृत देहलाई पोष्टमोर्टमको निम्ति उत्तर बंगाल मेडिकल कलेज अनि अस्पताल पठाइएको छ। मृतक हाउड़ा जिल्लाको बगनन्‌‍ पुलिस थाना अन्तर्गत सम्‌‍ता गाउँका निवासी हुन्‌‍। होमस्टेमा बस्ने 6 जना मध्ये 4 युवती अनि 2 युवा रहेका थिए भनी पुलिसले जनाएको छ। जाँच कार्य पुरा भएपछि अनि पोष्टमोर्टम रिपोर्ट प्राप्त भएपछि घटनाको कारण बताउन सकिने पुलिसले बताएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ