म मेरो मित्र अजय एडवर्डससंग भेट्न दार्जीलिङ आएको हो यो भनाई त्रिपुराका राज परिवारका उतराधिकारी तथा टिप्रा मोथा पार्टी प्रमुख राजा प्रद्योत माणिक्यको हो।त्रिपुराका राज परिवारका उतराधिकारी राजा प्रद्योत माणिक्य र नेशनल पिपल्स पार्टीको राष्ट्रिय कार्यकारिणी अध्यक्ष जेम्स साङमा आज दार्जीलिङ आएका छन्। उनले स्थानीय एक होटलमा इण्डियन गोर्खा जनशक्ति फ्रण्टका केन्द्रीय संयोजक अजय एडवर्डसङ्ग बैठक गरेका थिए। यस अवधि अजय एडवर्डससंग पार्टीका शीर्ष नेतृत्वहरू सामेल थिए।बैठकपछि राजा प्रद्योत माणिक्यले गत केही महिना अघि त्रिपुराका आदिवासी मानिसहरूको समर्थनमा आयोजना गरेको कार्यक्रममा अजय एडवर्डसले अंश ग्रहण गर्न गएका थिए।आज निकै दिन हामी हाम्रो मित्र अजय एडवर्डससंग भेट गर्न आएका हौं।अजय एडवर्डसले हामीलाई दुःखको समयमा साथ दिएका थिए अनि हामी नयाँ सालको भेटसंग हामी हाम्रो मित्रताको सम्बंधलाई दह्रिलो बनाउन दार्जीलिङ आएका हौं, उनले बताए।अजय एडवर्डस हामीसंग भेटन आउँछन् अनि हामी पनि उनीसंग भेट्न आएका हौं। दार्जीलिङ पहाड खरसाङ धेरै सुन्दर स्थान छ अनि यी स्थानहरू हेर्न पनि हामी यहाँ आएका हौं।छैटौं अनुसूचि सबै एक प्रकारका छैनन्।असम राज्यमा अलग प्रकारको छ भने त्रिपुरामा रहेको छैटौं अनुसूचि कम्जोर प्रकारको रहेको छ,त्यसरी नै मेघालयमा क्षमतावान छ,छैटौं अनुसूचिले जमीनको सुरक्षा प्रदान गर्छ।दार्जीलिङ,खरसाङ, गोर्खाल्याण्ड तथा त्रिपुरा,बोडोल्याण्ड,कार्बी अङलग यी सबै छैटौं अनुसूचि क्षेत्र हो। छैटौ अनुसूचि क्षेत्रहरूमा उत्पादन भएको चिया,रबर कुनै पनि वस्तुहरूको पैसा स्थानीय मानिसहरूले पाउनु पर्छ। छैटौं अनुसूचि क्षेत्रबाट उत्पादन हुने कुनै पनि विषयहरूले स्थानीय मानिसहरूलाई फाइदा हुन पर्छ।हामीले हाम्रो जमीनको सुरक्षा गर्न सकेनौं भने आउने भावी पींडीहरूको भविष्य अन्धकार हुनेछ। रूपियाँ पैसाले मात्र केही हुँदैन हामीले हाम्रो भावी पींडीहरूलाई उनीहरूको हक र अधिकार पनि दिनु सक्नु पर्छ।हाम्रो मांग र मुद्दा अलग अलग हुन सक्छ तर हामी अलग अलग भएर बस्यौ भने हामी अझ कम्जोर हुने छौं।अरूणाचल,मेघालय,गोर्खाल्यान्ड आदि क्षेत्रको मानिसहरूलाई दिल्लीमा लिएर गयौं भने यी सबैलाई एउटै जस्तो देखिन्छ तर एउटै नजरले हेर्ने गर्छ। नर्थ इस्ट क्षेत्रको मानिसहरूलाई हेर्ने जो नजर छ त्यसलाई देख्दा हामी सबैलाई दु:ख लाग्छ। हामीले हाम्रो बारेमा एकबद्ध भएर बताउनु सक्नु पर्छ।












