दार्जीलिङमा तृणमूलको 29औं स्थापना दिवस पालन

Share this news

दार्जीलिङ,3 जनवरी(निसं):  अखिल भारतीय तृणमूल कांग्रेसको 29औ स्थापना दिवस कार्यक्रम  दार्जीलिङ जिल्ला हिल्स तृणमूल कांग्रेसले दार्जीलिङ शहरको जज बजारस्थित पार्टी कार्यालयमा गरिमामय सफलतापूर्वक सम्पन्न गर्‍यो।

यस अवसरमा असन सुब्बा, जिल्ला सहायक महासचिव, अखिल भारतीय तृणमूल कांग्रेस, दार्जीलिङ  जिल्ला हिल्स तथा सिद्धार्थ थामी, अध्यक्ष, त्रिणमूल युवा कांग्रेस, दार्जीलिङ टाउनको गरिमामय उपस्थितिमा पार्टी झण्डा उत्तोलनसहित स्थापना दिवस समारोह सम्पन्न गरियो। कार्यक्रमका क्रममा पार्टीको मूल आदर्श मा–माटी–मानुष, जनसेवा, सामाजिक न्याय तथा लोकतान्त्रिक मूल्यहरूप्रति हाम्रो अटुट प्रतिबद्धता पुनः दृढताका साथ दोहोर्याइयो।

उक्त कार्यक्रममा पार्टीका वरिष्ठ नेतागण, युवाहरू, कार्यकर्ताहरू तथा समर्थकहरूको उत्साहपूर्ण सहभागिताले समारोहलाई अझ अर्थपूर्ण र सफल बनायो।नयाँ ऊर्जा, एकता र समर्पणका साथ जनताको हक र अधिकारको संरक्षण तथा क्षेत्रको सर्वाङ्गीण विकासका लागि निरन्तर अगाडि बढ्ने दृढ संकल्प व्यक्त गर्दै अखिल भारतीय तृणमूल कांग्रेसको 29औँ स्थापना दिवसको सबैलाई शुभकामना पनि दिएको दार्जीलिङ जिल्ला हिल्स तृणमूल कांग्रेसले बताएकोछ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड