tributes to the brave and valiant martyrs
tributes to the brave and valiant martyrs

गोर्खा बलिदान दिवसमा गोर्खाजातिका वीर-विरङ्गना शहीदहरूप्रति अशेष नमन एवं श्रदाञ्जली – विनय तामा

Share this news

यदि कतिजना नामहरू छुटेका छन् भने माफी चाहान्छु – सम्पुर्ण कुराहरू लेख्न सम्भव भएन – यसैले नामहरू छुटे – “२००७ गोर्खाल्याण्ड आन्दोलन – एक दृष्टि ” नामक किताबमा अवश्य आउनेछन् – प्रयासरत् ।

विमल गुरूङले १२ जनवरी,२०११ को दिन दार्जिलिङबाट पैदल यात्रा शुरू गरेका थिए अनि यो यात्रा दार्जिलिङबाट कालेम्पोङ अनि कालेम्पोङबाट डुर्वससम्मको निम्ति थियो । जब पैदल यात्री गोरूबथान पुगेर डुवर्सको निम्ति प्रस्थान गर्दा पैदल यात्रीहरूलाई व्यापक पुलिस बलले मिनग्लास चियाकमान अनि साॅइली चियाकमान रोके ।त्यसपश्चात पुलिसको ऑखा छलेर गोरूबथान टारबाट सामसिङ फरेस्ट बस्ती हुॅदै सामसिङ पुगे तर जलपाइगुड़ी सामसिङ चियाबारी अनि यङटन चियाबारीमा व्यापक पुलिस बलले पैदल यात्रीहरूलाई रोके । कालेम्पोङपट्टिको सामसिङबाट जङल बाटो भएर खोला पार गरी कुमाई पुगे । कुमाईबाट डुवर्स प्रस्थानको निम्ति पदल यात्रीहरू दिनहुॅ सिप्सुमा पुलिससित भनाभैरी र झड़प हुने गर्द थियो । सिप्सु फरेस्ट भिलेजदेखि अलिक तल पुलिसको ठुलो जमातले बेरिकेड लगाएर २४ घण्टा नै प्रहरा दिएका थिए । दिनहुॅ कुमाईबाट सिप्सुको जङलसम्म पैदल जानु अनि बेलुकी समय फर्किने दैनिक रूटिन नै भएको थियो । यसै शिलशालामा एक रात विमल गुरूङले विनय तामाङ अनि डा° आर° बी° भुजेलसित गोप्य बातचीत गरे अनि विमल गुरूङले आदेश दिए । सो आदेश अनुरूप भोलिपल्ट विहानै ५ बजे विनय तामाङ अनि डा° आर° बी° भुजेल दुईजना मात्रै भारतको तिरङा झण्डा अनि गोजमुमो पार्टीको झण्डा, महात्मा गान्धीको फोटोफ्रेम ,खदा, बत्ती अनि धुप लिएर सिप्सु पुगे अनि एउटा फरेस्टको क्वाटरको वरण्डामा झण्डा लगाई महात्मा गान्धीको फोटो राखी बती र धुप बाली अनसन शुरू गरे । ५ बजे विहानीको Operation को पहिलो Phase मा सिप्सु फरेस्ट भिलेजका भाई सिबु अनि नगरकट्टाका भाई मनोज लगायत स्थानीय बासिन्दाहरूले सहयोग गरेका थिए । सो दिन विहान ७ बजेतिर पुलिस बल आई विनय तामाङ अनि डा° आर° बी° भुजेललाई हटाउने कोशिश गरे तर सकेनन् । त्यसपछि सो दिन विहान नै ९ बजेतिर मटेली, सामसिङ अनि यङटनबाट करिबन १० / ११ दिदी-बहिनीहरू आइन् अनि Operation को दोस्रो Phase मुताबिक सिप्सुमा बसेको अनसनको जिम्मावारी लिइन औ सिप्सु फरेस्टका दिदी-बहिनीहरू लगायत मटेली , सामसिङ अनि यङटनबाट आएकी बहिनीहरू गरी ५ जना अनसनमा बसे भने अरूले उनीहरूलाई पहरा दिइन् । त्यसपछि विनय तामाङ अनि डा° आर° बी° भुजेल अनसनबाट निस्के अनि विनय तामाङले मोर्चा सम्हाले । अब Operation को तेस्रो Phase मुताबिक त्यही दिन नै विहान १० दशबजेदेखि बाग्राकोट, गोरूबथान,सामसिङ,तीनकटरे, यङटन,कुमाई,गैरीबाॅस,
दलगाउॅ,रङ्गो, झोलुङ,जलढका, परेङटार, तोदे अनि ताङताबाट व्यापक रूपमा नारी मोर्चा अनि युवा मोर्चाहरू अनसन स्थल सिप्सुमा आउन थाले। त्यसपछि Operation को चौथो phase अनुसार कुमाई अनि कुमाईको जङलमा दार्जिलिङ पहाड़, सिलिगुड़ी तराई अनि डुवर्सबाट आएकाहरू आन्दोलनकारीहरूले अनि जीएलपीकाहरूले क्याम्पहरू बनाउन थाले अनि बस्नथाले । सिप्सुको जङलमा सबैभन्दा ज्यादा क्याम्पहरू थिए – यस सम्पुर्ण Operation पुर्ण अनि मुख्य जिम्मावारी विनय तामाङको थियो । दैनिक रूपमा विनय तामाङलाई सहायता गर्न कल्याण देवान, फ्रान्सिस देवान, नोरदेन लामा, प्रवीन रहपाल, विजय सुन्दास, प्रदीप प्रधान, स्वर्गीय लोपसाङ लामा, कुमाईका मिलन सर ( जसलाई पछि ८ फरवरी,२०११ सिप्सुको घटना हुन अघि नै पुलिस पक्राउ गरी जलपाइगुड़ी जेल लगिसकेका थिए।) , कुमाईका एच° बी° छेत्री सर लगायत डुवर्सका नेतृत्वहरू आउने गर्थे ।

समय वित्दै गए – दिनमा रातमा सिप्सु लड़ाईको मैदान सरह भइसकेका थिए – सबैमा जोश थियो – पुलिस बललेपनि Search lights को सहारामा रातमापनि Petrolling गर्थे अनि हाम्रा जीएलपीका भाई बहिनीहरू लगायत दार्जिलिङ पहाड़ तराई डुवर्सका युवा भाई बहिनीहरूलेपनि search lights लिएर नै Petrolling गर्थे – गोर्खाल्याण्डका आन्दोलनकारी योद्धाहरूमा जोश र होशको कुनै कमी थिएन । तर के गर्नु ? सिप्सुमा विनय तामाङ अनि गोजमुमोको नेताहरूले अनि क्याम्पमा बसेकाहरूले के के दिनमा रातमा क्रियाकलापहरू गर्छन् सो सबै खबरहरू एकजना सिपिएमका मान्छेले त्यही भीड़भाड़बाट पुलिसलाई खबर दिदोरहेछ – त्यसबेला कसैलाई थाहा भएन तर २०१३ मा जब विनय तामाङ पक्रा परेर जलपाइगुड़ी जेलमा रहॅदा “सिप्सु घटना”मा CID को केस विनय तामाङलाई लागेकोले Court मा सुनवाईको दौरान विनय तामाङले यो कुरो थाहा पाए ।
जीएलपीका चेलीहरू विमला राई निता खवास अनि अन्यहरूपनि सिप्सुमा क्याम्पमा नै थिए अनि उनीहरूले बेला बेलामा विनय तामाङलाई खाजा खानापनि बनाएर दिन्थे।

६ फरवरी,२०११ को दिन समय बेलुकी ४ बजे बृहत पुलिस बल सिप्सुमा आए – उनीहरूले त्यसै समय नै Firing गर्ने तरखरमा थिए – सो पुलिस बलले विशेष गरेर कालेम्पोङ अनि डुवर्सका युवा मोर्चालाई Target गरेर आएका थिएछन् – जब पुलिससित भनाभैरी हुॅदा सिप्सुको जङलमा हाम्रा गोर्खाल्याण्डका योद्धाहरूले पुलिसलाई चारैपटिबाट घेरेको थाहा पाएपछि पुलिसबल त्यहाॅबाट बेलुकी ६ बजे फर्कनुपर्यो तर दुईवटा ठुलो पुलिसको बस गाड़ी सिप्सुको जङलमा नै छोड़ेर जान पर्यो तर राती फेरि आएर दुईवटा बस गाड़ीहरूको चक्काहरू फेरेर मध्यरातमा लगे । त्यस रात सिप्सुको जङलको सड़कमा लड़ाईमा जस्तै पुलिसले सेतो झण्डा गाड़ेर गाड़ीहरूको मरमतीको कामहरू गरेका थिए ।

७ फरवरी २०११ दिउॅसो २ बजेतिर थप पुलिस बलहरू अनि पुलिस गाड़ीहरू मालबजार थाना अनि नगरकट्टा थानाहरूमा आउन थाले भन्ने खबर विनय तामाङले थाहा पाएपछि सिप्सुको जिम्मा केही घण्टाको निम्ति फ्रान्सिस देवानलाई दिई विनय तामाङ विमल गुरूङसित सल्लाह गर्न विमल गुरूङको बसाईको क्याम्प कुमाईमा गए । विनय तामाङ अनि विमल गुरूङको केही समय बातचीत भए पश्चात विनय तामाङ अर्कै जग्गामा गएर बेलुकी ७ बजेतिर सिप्सु पुगे अनि फ्रान्सिस देवानलाई भेटे । भोलिपल्ट ८ फरवरी,२०११ व्यापक पुलिलबल आउनेछन् – खबर पक्कापक्की थियो । त्यो रातको Night Duty Shifting को Charge मा कल्याण देवान अनि फ्रान्सिस देवान थिए । रातीदेखि विहान ३ बजेसम्म अज्ञात व्यक्तिहरूबाट खुनिया मोड़को रेलवे क्रसिङ मोड़देखि सिप्सु आउने बाटोहरूमा पाॅच जग्गाहरू ठुलो ठुलो रूखहरू काटेर पुलिस गाड़ी आउन नदिन पथ अवरोध गरेका रहेछन्।

८ फरवरी,२०११ विहान ९ बजे देखि सिप्सुको सड़क जहाॅ अहिले शहीदवेदी छन् – शहीदवेदीको अघिको सड़कमा नारी मोर्चा अनि युवा मोर्चाहरू व्यापक रूपमा भेला भई भारतको तिरङा झण्डा अनि गोजमुमोको झण्डा लिएर पलैटी मारेर बस्न थाले । यसको पहिलो लहरमा पंक्तिमा २००९ को उप-चुनावमा गोजमुमोको टिकटमा कालचिनी विधानसभाबाट बिजयी बनेका बोडो विधायक श्री विल्सन चम्प्रामारीलाई विनय तामाङले राखेका थिए । सबै भेला भए पश्चात उक्त विशाल भेलालाई ११ बजेतिर विनय तामाङले पुलिस आए के गर्ने के नगर्ने आदि आदि विषयहरूमा Briefing गरिरहेको समय करीबन तीन हजार जतिको संख्यामा पुलिसबल पुर्ण तयारीमा सिप्सु आइ पुगे । विनय तामाङ अनि अन्य गोजमुमो नेताहरूसित पुलिसका भैनावैरी भए – अचानक एकजना मेजिस्ट्रेट (नेपालीभाषी गोर्खा) ले बङला भाषामा कानुनको दायरा बताउॅदै आन्दोलनकारी-
हरूलाई कड़ा चेतावनी दिए – उक्त चेतावनीमाथि सिप्सुमा उपस्थित गोजमुमो नेताहरू अनि कालचीनी विधायक विल्सन चम्प्रामारीले सल्लाह गर्न नपाई लाठीचार्ज अनि अश्रुग्यासको Order दिए ।

सो दिन विहानै विमला राई , निता खवास अनि साथीहरूले विनय तामाङलाई दिउॅसो खानामा कालो दाल र सीद्राको अचार बनाइदिइ राखेका थिए ।

सिप्सु एकैक्षणमा रणभुमिमा परिणत भए। पुलिसले कालचिनीको विधायक विल्सन चम्प्रामारीलाई बन्दुकको बट र लाठीले हिर्काएर घाइते बनाइदिए साथै विल्सन चम्प्रमारीको छेऊमा बसेकी झोलुङको बुड़ी बड़ीलाईपनि घाइते बनाइदिए । धेरैजना नारी मोर्चाहरू घाइते भइसकेका थिए – यसै बीच जहाॅ अहिले सिप्सुको शहीदवेदीको अघिको मैदानबाट पुलिसले विमला राईलाई पक्रेर लगे – विमला राईलाई पक्रेर लगेको देखेर विक्की लामा छुटाउन कुददै गए तर के गर्नु विक्की लामालाईपनि पुलिसले समाते । विनय तामाङलाईपनि अश्रुग्यासको सेलले नजीकबाट छात्तीमा लागेकोले त्यही अनसन स्थल नजीक थिए अनि डुवर्स दलसिङपाड़ाका राजु थापाले विनय तामाङलाई स्यारदै थिए – यही समय firing को आवाज आए – सिप्सुको शहीदवेदीको अघिको सड़कदेखि करीबन ५० अथवा ६० गज पर बाटोमा विमला अनि विक्कीलाई गोली हाने – गोली हान्ने पुलिस धेरै अघि दार्जिलिङमा एक समय नेताको अङरक्षकपनि थिए – एउटा ठुलो काण्डले गर्दा उक्त गोली चलाउने पुलिस केही वर्ष अघिदेखि जेलमा छन् । विमला अनि विक्कीलाई गोली लागिसकेपछि जताततै Firing हुन थाले – यसै बीच नितालाई गोली लागि नालीमा लड़े । हाम्राहरूपनि तातिए – एकैक्षण पुलिसहरूले विमला अनि विक्कीको दुई मृत शरीर अनि गम्भीर रूपमा घायल निता अनि अन्य घायलहरूलाई छोड़ी पुलिसबल सुइॅकुच्चा ठोके ।

त्यसपछि कुमाईबाट विमल गुरूङले घाइतेहरूलाई उद्दार गर्न गाड़ीहरू पठाउन थाले – सबैलाई उद्धार गरे तर शहीद विमला अनि विक्कीको मृत शरीर सड़कको भुॅईमा भारतको तिरङा झण्डा अनि गोजमुमोको झण्डासित रगतमा लोतपोत लड़िरहेका थिए – उद्वार गर्न कानुनी रूपमा सभ्भव थिएन ।दिउॅसै सुनसान सिप्सु फरेस्ट बस्तीमा गाउॅमा कोही थिएनन् – दिउॅसो ४ बजेसम्म सिप्सुको जङलको सड़कमा शहीद विमला राई शहीद विक्की लामाको दुईमृत शरीर अनि विनय तामाङ र डुवर्स दलसिङपाड़ाका राजु थापा मात्र थिए।

करीबन ४ बजेतिर दुई चारभाईहरू विनय तामाङ राजु थापा भएकोमा आए। त्यसैसमय फेरि पुलिसबल- हरू सिप्सु गोलीकाण्ड भएको धेरै तलबाट डीआईजी अनि डीएमको नेतृत्वमा आई अनि विमला र विक्कीको Dead Body लाई हामी लिन आएको भनी माइकबाट भने । त्यसपछि विनय तामाङले विमल गुरूङलाई फोन गरे अनि विमल गुरूङको सहमतिमा शहीद विमला राई अनि विक्की लामाको पार्थिव शरीरलाई Ambulance मा हाली Mal Bazar Hospital अनि पछि बाट Jalpaiguri District Hospital मा Postmortem का लागि लगे ।

शहीद विमला राई अनि शहीद विक्की लामाको पार्थिव शरीरलाई लगेको करीबन आधा घण्टापछि पुलिसबल फेरि आए अनि उनीहरूको माइकबाट विनय तामाङलाई Surrender गर्न भनियो । त्यहाॅ भेला भएका भाईहरूले अनि राजु थापाले विनय तामाङलाई Surrender नगर्ने सल्लाह दिए । करीबन ५ बजेतिर विमल गुरूङले डा° हर्कबहादुर छेत्रीलाई विनय तामाङ भएकोमा पठाए । जिल्ला प्रशासनले निकै तल जङलबाट बोलाइरहेका थिए अन्तमा विनय तामाङ, डा° हर्कबहादुर छेत्री , राजु थापा लगायत त्यस समय उपस्थित युवाभाईहरू निकै तल बसेका पुलिस बलको अघि पुगे । अधिकारीहरूलाई विनय तामाङ अनि डा° हर्कबहादुर छेत्रीले विमला राई अनि विक्की लामाको शरीर हामीलाई परिवारहरूलाई हस्तातरण गर्नपर्छ भनेर मांग राखे अनि पार्थिव शरीरहरू लिन जाॅदा अनि घर पुराइन्दा जलपाइगुड़ी, मालबजार , ओदलाबारी, नगरकट्टा, विनागुड़ी, एथेलबाड़ी,बीरपाड़ा, हेमिल्टनगञ्ज आदि इलाकाहरूमा आमरा बङाली, जनजागरण मञ्च अनि आदिवासी विकास विकास परिषदहरूका नेताहरू अनि कार्यकर्तहरूले केही गरे अनि घाइतेहरूलाई उपचार गर्दा सिलिगुड़ीमा केही गरे उत्तर बङालमा आगो लाग्नेछ भनिदिए । त्यसपछि पुलिसबलहरू फर्के अनि ८ फरवरी राती विमल गुरूङलाई दार्जिलिङ जिल्ला प्रशासनले उत्तर बङालका डिभिजनल कमशिनर , आईजी नर्थ बङाल , दार्जिलिङ अनि जलपाइगुड़ीका जिल्लापालहरू, दार्जिलिङ अनि जलपाइगुड़ीका पुलिस अधिक्षकहरू बातचीत गर्न चाहान्छ भनी सुचना दिए । फलस्वरूप भोलिपल्ट ९ फरवरी,२०११ अपरान्ह ३ बजे सिप्सु नजीक चप्रामारी फरेस्ट गेस्ट हाउसमा वैठक भयो । वैठकमा गोजमुमोबाट रोशन गिरी, विनय तामाङ, डा° हर्कबहादुर छेत्री, कल्याण देवान अनि अन्य उपस्थित थिए । ८ फरवरीको रात ९ बजे शहीद विमला राई अनि शहीद विक्की लामाको पार्थिव शरीर कुमाईमा ल्याईपुराए – जहाॅ विमल गुरूङ लगायत गोजमुमो नेतृत्वहरू अनि उपस्थित आन्दोलनकारीहरूले जिम्मा लिई – श्रदाञ्जली दिए । भोलिपल्ट कुमाईबाट शहीद विमला राईको पार्थिव शरीरलाई उनको बासस्थान कालेम्पोङ लगियो भने शहीद विक्की लामाको पार्थिव शरीरलाई कालचिनी लगे ।

केही दिनपछि शहीद निता खवासलेपनि सिलिगुड़ीको एक निजी नर्सिङ होममा उपचार गर्दा गर्दै प्राणको आहुति दिइन । धेरैजना घाइते आमा बोजु दिदी बहिनीहरू उपचारको निम्ति धेरै समयसम्म अस्पताल अनि नर्सिङ होममा उपचार गर्न बस्न परे ।

८ फरवरी,२०११ मा सिप्सुमा भएको घटना गोर्खाल्याण्ड आन्दोलनको इतिहासमा एउटा दुखद मोड थियो। उक्त समयमा विनय तामाङ (जो त्यस बेला गोर्खा जनमुक्ति मोर्चाका एक प्रभावशाली नेता थिए) को भुमिका निकै चर्चामा रहेको थियो।
​त्यस दिनको घटना र विनय तामाङको भूमिकालाई यसरी बुझ्न सकिन्छ:
​१. पदयात्राको नेतृत्व र समन्वय
​त्यस समयमा गोर्खा जनमुक्ति मोर्चाले डुवर्स क्षेत्रमा आफ्नो पकड़ बलियो बनाउन र गोर्खाल्याण्डको मांगलाई अझ सबल र सक्षम बनाउन पदयात्राको आयोजना गरिएको थियो। विनय तामाङ उक्त क्षेत्रमा मोर्चाको रणनैतिक योजनाकार र पदयात्राका मुख्य आयोजकहरू मध्ये एक थिए। उनी स्वयं आन्दोलनकारीहरूको मनोबल बढाउन र कार्यक्रमको व्यवस्थापन गर्न मैदानमा सक्रिय थिए अनि सदैव रहन्थे ।
​२. पुलिसबलसितको मुठभेड़ र सुरक्षा चुनौती : ​पश्चिम बंगाल पुलिसले आन्दोलनकारीहरूलाई अघि बढ्नबाट सिप्सुमा रोके । धेरै दिन सम्म रोक्ने प्रयास गरिनै रहे । ८ फरवरी २०११ को दिन विनय तामाङ र अन्य नेताहरूले पुलिससित वार्ता गर्ने प्रयास गरेका थिए ताकि पदयात्रा शान्तिपुर्ण रूपमा अघि बढ्न सकोस् तर स्थितिलाई नियन्त्रण गर्ने प्रयास असफल भयो अनि पुलिससितको झड़पमा लाठीचार्ज र गोलीबारी गरे ।
​३. बङाल ​पुलिसको गोलीबारीमा विमला राई अनि बिक्की लामाले त्यही समय प्राण गुमाए भनेर निता खवासले केही दिनपछि उपचारको क्रममा आफनो प्राणको आहुति दिए – यसैगरी तीनजना आन्दोलनकारीहरूले ज्यान गुमाए भने धेरैजना गम्भीर घाइते भएका थिए । विनय तामाङले उक्त समयमा आन्दोलनकारीहरूलाई सम्हाल्ने र सुरक्षा दिने प्रयास गरेका थिए तर गोलीबारीले स्थिति भयावह बनिएको थियो।
​४. घटनापछिको प्रतिक्रिया र राजनैतिक दबाव ​सिप्सु काण्डपछि विनय तामाङले राज्य सरकारको कड़ा आलोचना गरे। उनले यस घटनालाई “राज्यद्वारा गरिएको हत्या” संज्ञा दिएका थिए औ “जलयनवालाबाघको घटनासित” तुलना गर्दै दार्जिलिङ पहाड़ सिलिगुड़ी तराई अनि डुवर्समा विरोध प्रदर्शनलाई अझ तीव्र बनाइदिएका थिए। उनले नै यस घटनाका शहीदहरूको सम्मानमा कार्यक्रमहरू आयोजना गर्न र परिवारलाई सहयोग गर्न मोर्चाको तर्फबाट पहल गरेका थिए।

​​ ८ फरवरी, २०११ मा विनय तामाङ एक सक्रिय कमाण्डर र वक्ताको रूपमा देखिएका थिए। उनले डुवर्समा मोर्चाको आधार इलाका विस्तार गर्ने जिम्मेवारी सम्हालेका थिए ।
आज सिप्सुमा अनि दार्जिलिङको गोर्खा रङमञ्च भवन अघि बनाएका दुई शहीद-वेदीहरूको डिजाइन उनले नै गरेका थिए अनि दुवै शहीद-वेदीहरूमा शहीदको निम्ति लेखिएको अभिव्यक्तिहरू एकै छन् – यी शहीदवेदीमा लेखिएको अभिव्यक्ति उनीबाट नै लेखेका हुन् । २७ जुलाईलाई हामी शहीद दिवस मान्छौ र वर्षमा दुईपल्ट शहीद दिवस हुॅदैन – यसैले ८ फरवरीलाई बलिदान दिवस मान्नुपर्छ भन्ने उनको तर्क थियो र आज ८ फरवरीलाई “वलिदान दिवस” को रूपमा पालन गरिन्छ ।
अमर शहीदहरूप्रति शत् शत् नमन !


Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ