Tribute to Netaji by Netaji Museum and NIFAS
Tribute to Netaji by Netaji Museum and NIFAS

नेताजी म्युजियम र एनआइएफएएसद्वारा नेताजीलाई श्रद्धाञ्जली

Share this news

खरसाङको गिद्ध पहाडस्थित नेताजी म्युजियम एवं नेताजी इन्स्टिच्युट फर एसियन स्टडिसमा नेताजी सुभाषचन्द्र बसुको 129 औं जन्म वार्षिकी समारोह आयोजन गरिएको थियो। खरसाङ महकुमा सूचना अनि सांस्कृतिक विभाग र नेताजी म्युजियमको संयुक्त आयोजनामा नेताजी सुभाषचन्द्र बसुको 129 औं जन्म वार्षिकी समारोह आयोजन गरिएको थियो। उक्त समारोह नेताजी म्युजियमको इन्चार्ज गणेश प्रधानको अध्यक्षता र खरसाङको डेपुटी मेजिस्ट्रेट देवाज्योति बरालको प्रमुख आतिथ्यतामा आयोजन गरिएको थियो। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा पीडब्ल्युडी विभागका सहायक अभियन्ता सञ्जयकुमार रोय, भारत स्काउट एण्ड गाइडका जोगेन्द्र प्रसाद, गोर्खा जनपुस्तकालय खरसाङका उप सभापति कृष्ण पाण्डे, वरिष्ठ सदस्य कुमार मंग्राती आदि उपस्थित रहेका थिए।

सूचना अनि सांस्कृतिक विभागको खरसाङका कर्मचारी निमा शेर्पाले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण विभागीय अधिकारी दिपककुमार कर्माकारले राखेका थिए। कार्यक्रममा सूचना अनि सांस्कृतिक विभागको लोक प्रसार प्रकल्पका कलाकारहरुले देशभक्ति गीतहरु प्रस्तुत गरेका थिए।‌ कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित डेपुटी म्याजिस्ट्रेट देवाज्योति बराल, विशिष्ट अतिथि एई सञ्जय कुमार रोयले नेताजी सुभाषचन्द्र बसुको विषयमा वक्तव्य राखेका थिए। कार्यक्रममा नेताजी सुभाषचन्द्र बसुको सालिगमा अतिथिहरुका बाहुलीबाट धुप दीप प्रज्ज्वलन साथै माल्यार्पण गरेर श्रध्दाञ्जली अर्पण गरिएको थियो।

कार्यक्रममा धन्यवाद ज्ञापन नेताजी म्युजियमको इन्चार्ज गणेश प्रधानले राखेका थिए। कार्यक्रमको अन्त्यमा राष्ट्रिय गान गाएर कार्यक्रम समाप्त गरिएको थियो।‌ उक्त श्रद्धाञ्जली कार्यक्रम नेताजीको जन्मको समय 12 बजेर 15 मिनटमा साइरन बजाएर कार्यक्रम शुरु गरिएको थियो। नेताजी सुभाषचन्द्र बसुको 129 औं जन्म वार्षिकी समारोह विषयमा पत्रकारहरुसित कुराकानी गर्दै नेताजी म्युजियमका पहाडको इन्चार्ज गणेश प्रधानले विस्तृत रुपमा जानकारी गराएका थिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ