Tribute to late Sanjay
Tribute to late Sanjay

भागोपद्वारा दिवंगत सञ्जय सुब्बालाई श्रद्धाञ्जली

Share this news

भारतभरका गोर्खाहरूको राष्ट्रिय सामाजिक संस्था भारतीय गोर्खा परिसंघ (BGP) को तर्फबाट, लखिमपुर जिल्ला समितिका अध्यक्ष गोबिन विश्वकर्माको नेतृत्वमा क्षेत्रका आजीवन सदस्यहरू लगायत भागोप नेतृत्वले आज लखिमपुरस्थित दिवंगत सञ्जय राज सुब्बाको निवासमा पुगेर उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे। सबैभन्दा गहिरो सम्मानस्वरूप, अध्यक्ष गोबिन विश्वकर्माले दिवंगत नेता सुब्बाको पार्थिव शरीरमा पुष्पमाला अर्पण गरे अनि उहाँको शवमाथि भारतीय गोर्खा परिसंघको झण्डा अर्पण गरी गोर्खा समुदायप्रतिको उहाँको अविस्मरणीय योगदानलाई सम्मान जनाए।

दुई कार्यकालसम्म नाओबोइचाका विधायक, कांग्रेसका बरिष्ठ नेता तथा असमका गोर्खा समुदायका सम्मानित समाज-राजनीतिक व्यक्तित्व दिवंगत सञ्जय राज सुब्बा स्वयं पनि भारतीय गोर्खा परिसंघका सदस्य थिए। उनका अग्रज, तीनपटक सांसद तथा परिसंघका संस्थापक संरक्षकमध्ये एक दिवंगत मनी कुमार सुब्बा पनि परिसंघसँग आवद्ध थिए।
उनको असामयिक निधनप्रति सम्पूर्ण राजनीतिक वृत्तबाट गहिरो दुःख व्यक्त गरिएको छ। असम प्रदेश कांग्रेस कमिटीका अध्यक्ष तथा लोकसभामा प्रतिपक्षका उपनेता गौरव गोगोईले सुब्बालाई एक जमीनी नेताको रूपमा स्मरण गर्दै समावेशी राजनीतिका पक्षपाती र समुदाय सशक्तीकरणका प्रतिबद्ध प्रतिनिधिका रूपमा श्रद्धाञ्जली अर्पण गर्नुभयो। असमका मुख्यमन्त्री डा. हिमन्त विश्व शर्माले पनि सार्वजनिक जीवनमा सुब्बाको योगदानको कदर गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरे।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ