Agniveer Tribute Asam
Agniveer Tribute Asam

असमको शोणितपुर, लोक्रामा अग्निवीर चयन भएकाहरूलाई सम्मान

Share this news

असमको शोणितपुर जिल्ला अन्तर्गत लोक्रामा असम राइफल्सको लोक्रा बटालियनद्वारा भारतीय सशस्त्र बलमा अग्निवीर पदका लागि चयन भएका स्थानीय युवाहरूलाई सम्मान गर्न विशेष कार्यक्रम आयोजना गरिएको छ।

असम राइफल्सद्वारा सञ्चालन गरिएको पूर्व-भर्ना प्रशिक्षण कार्यक्रममा सहभागी भएका ती युवाहरू हालै भारतीय सशस्त्र बलमा अग्निवीरका रूपमा चयन हुन सफल भएका हुन्। प्रशिक्षण अवधिमा उनीहरूलाई निःशुल्क लिखित शैक्षिक कोचिङ, शारीरिक प्रशिक्षण तथा आवश्यक मार्गदर्शन प्रदान गरिएको थियो।

स्थानीय युवाहरूलाई सशस्त्र बल तथा अन्य सुरक्षा निकायमा प्रवेशका लागि सक्षम, अनुशासित र आत्मविश्वासी बनाउने उद्देश्यले उक्त पहल सञ्चालन गरिएको असम राइफल्सले जनाएको छ। सम्मान कार्यक्रममा असम राइफल्सले सफल उम्मेदवारहरूलाई मायाको चिनो प्रदान गर्दै आगामी सैनिक प्रशिक्षण तथा राष्ट्र सेवामा समर्पण, अनुशासन र इमानदारीका साथ अघि बढ्न प्रेरित गरेको थियो। उक्त कार्यक्रमले पूर्व-भर्ना प्रशिक्षणमा सहभागी अन्य युवाहरूलाई समेत प्रेरणा प्रदान गरेको बताइएको छ।

चयनित युवाहरूले आफ्नो सफलतामा असम राइफल्सको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै सम्पूर्ण सुरक्षा कर्मीहरूप्रति हार्दिक आभार व्यक्त गरेका छन्। उनीहरूले निरन्तर मार्गदर्शन, हौसला तथा सहयोगले आफ्नो सपना पूरा गर्न सम्भव भएको बताएका छन्। असम राइफल्सले स्थानीय प्रतिभाको विकास, युवा सशक्तीकरण तथा राष्ट्र निर्माणमा युवापुस्तालाई अनुशासित र सेवामूलक करियरतर्फ प्रेरित गर्ने आफ्नो अभियानलाई निरन्तरता दिएको जनाएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ