Tree planting program at Lapchu Tea Garden

लप्चु चिया बगानमा रुखको बिरुवा रोपण कार्यक्रम

Share this news

पेशोक,11 जुलाई(निसं): बुधबार, लप्चु चिया बगानमा रुखको विरुवा रोपण कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको एक प्रेस विज्ञप्ती मार्फत जनाइएको छ। बुधबार लामहट्टा ग्राम पञ्चायतका सदस्य रुजेश छेत्री, ग्राम पञ्चायत सदस्य प्रगती लामा, लप्चु चियाबारी श्रमिक संगठन अध्यक्ष केपी छिरिङ, सचिव जेपी थापा अनि भागोप्रामो तक्लिङ–पेशोक समष्टिका महासचिव अनिल सुन्दासको नेतृत्वमा उक्त वृक्षरोपण कार्यक्रम सम्पन्न उक्त विज्ञप्तीमा समष्टि महासचिव अनिल सुन्दासले उल्लेख गरेका छन्।
उक्त रुखको विरुवा रोपण कार्यक्रममा लप्चु चिया बगानका प्रबन्धक अनि सह-प्रबन्धक, स्थानीय समाजहरू क्रमैले इन्द्राणी परियार समाज र दुर्गा शक्ति समाज लगायत सम्पूर्ण चिया श्रमिकहरूको उपस्थिति रहेको विज्ञप्तीमा बताइएको छ् भने ह्वाइट सिरिज, सिल्भर पाइन र विभिन्न प्रजातिका फलफूलका जम्मा दुई सय रुखका विरुवाहरु रोपियो। यस् महत  वृक्षारोपणका लागि आवश्यक सबै विरुवाहरु ग्राम पञ्चायत सदस्य रुजेश छेत्रीले आफ्नै खर्चमा उपलब्ध गराइएको थियो। यस महत कार्यको लागि सम्पूर्ण क्षेत्रवासी, समुदायले ग्राम पञ्चायत सदस्य छेत्री प्रति आभार व्यक्त पनि  गरेका छन्। साथै आज सम्पन्न वृक्षरोपण कार्यक्रमको मुख्य उद्देश्य समाजमा विरुवा रोपण तथा वातावरण संरक्षणको महत्त्वबारे जनचेतना फैलाउनु रहेको पनि समष्टि महासचिव सुन्दासले विज्ञप्तीमा उल्लेख गरेका  छन् ।

Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान