प्रकृति संरक्षणार्थ असम राइफल्सद्वारावृक्षारोपण कार्यक्रम आयोजना

Share this news

असम र अरुणाचल प्रदेशको सीमावर्ती क्षेत्र जागुनमा असम राइफल्सद्वारा वातावरणीय चेतना अभिवृद्धि तथा प्रकृति संरक्षणलाई प्रोत्साहन गर्ने उद्देश्यले वृक्षारोपण कार्यक्रम आयोजना गरिएको छ। उक्त कार्यक्रममा असम राइफल्सका जवानहरू, स्थानीय बासिन्दा, भारतीय सेनाका भूतपूर्व सैनिक (Ex-Servicemen), वन विभागका अधिकारीहरू, अखिल असम गोर्खा छात्र सङ्घ (आग्सु) तिराप–जागुन अञ्चलिक समितिका सदस्यहरू, विद्यालयका विद्यार्थीहरू तथा अन्य स्थानीय नागरिकहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा जम्मा १५० जनाले उत्साहपूर्वक भाग लिएका थिए।

कार्यक्रममा आग्सु तिराप–जागुन अञ्चलिक समितिका सभापति एवं सम्पादक, पर्यावरण संरक्षक समितिका सभापति तथा प्रकृतिप्रेमी श्री लीलानाथ शर्माको विशेष उपस्थिति रहेको थियो। उहाँले वातावरण संरक्षणका लागि वृक्षारोपणको महत्त्वबारे प्रकाश पार्दै प्रत्येक नागरिकले प्रकृतिप्रति आफ्नो दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।

वृक्षारोपण अभियानले वातावरणीय सन्तुलन कायम राख्न तथा वातावरण संरक्षणप्रति जनचेतना फैलाउन महत्त्वपूर्ण भूमिका खेलेको बताइएको छ। स्थानीयवासीहरूले असम राइफल्सको यस पहलको प्रशंसा गर्दै यसलाई समाज र वातावरणको हितमा गरिएको सराहनीय कार्यको रूपमा लिएका छन्। यस कार्यक्रमले स्थानीय नागरिक र सुरक्षा निकायबीचको आपसी विश्वास, सहकार्य तथा सौहार्दपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउन समेत योगदान पुर्‍याएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ