Khagendra Khushi Award Nepal
Khagendra Khushi Award Nepal

युवा कृतिकार खगिन्द्रा खुशीलाई रूपान्तरण राष्ट्रिय आख्यान पुरस्कार

Share this news

तेस्रो आँखा साहित्यिक समूहले ‘रूपान्तरण राष्ट्रिय आख्यान पुरस्कार’ युवा साहित्यकार खगिन्द्रा खुशीलाई प्रदान गर्ने निर्णय गरेको छ। खुशीको उपन्यास ‘खुशीको गाउँ’ का लागि उक्त पुरस्कार दिने निर्णय भएको हो। सोसाइटीका अनुसार विभिन्न राष्ट्रिय पत्रिकामा आएका समालोचनाहरू, पुस्तकले उठाएका सामाजिक र सांस्कृतिक मुद्दा, आख्यानको बनोट र भाषागत विशिष्टता आदि आधारमा विज्ञको मूल्याङ्कनपछि ‘खुशीको गाउँ’ लाई उत्कृष्ट कृतिका रूपमा छनोट गरिएको हो। कृतिले वर्तमान नेपाली समाजको प्रेम, जीवन र आर्थिक सामाजिक यथार्थलाई जीवन्त ढङ्गले प्रस्तुत गरेको बताइन्छ।

समालोचकबाट राम्रो समालोचनासहित प्रशंसा पाएको उपन्यास ‘खुशीको गाउँ’ पुरस्कारका लागि योग्य ठहर गरिएको सोसाइटीले जनाएको छ। यो सम्मान तथा पुरस्कार आउँदो २०८३ वैशाखमा राजधानीमा एक समारोह गरी प्रदान गरिने जनाइएको छ। २० हजार नगद र सम्मानपत्रद्वारा उनलाई सम्मानित गरिने भएको सोसाइटीका अध्यक्ष आरपी पौडेलले जनाएका छन्। भूटानी शरणार्थीको जीवन संघर्षमा आधारित उपन्यास ‘खुशीको गाउँ’ विमोचन गरिएको थियो। विश्व भूटानी साहित्यिक संगठनले नेदरल्यान्डमा आयोजना गरेको कार्यक्रममा साहित्यकार खगिन्द्रा खुशीको उपन्यास ‘खुशीको गाउँ’ विमोचन गरिएको थियो।

सन् १९९० को दशकमा भूटानबाट नेपालीभाषी लखेटिएपछि झापा र मोरङमा आएर शरणार्थी शिविरमा बसोबास गरेको कालखण्ड र पुनर्बासपछि तेस्रो मुलुक पुग्दासम्मका कारुणिक यथार्थ र वास्तविक संघर्षलाई समेटेर ‘खुशीको गाउँ’ तयार पारिएको छ। प्रमुख अतिथि बेल्जियमका लागि नेपाली राजदूत सेवा लम्सालले साहित्यकार खगिन्द्रा खुशीको उपन्यास ‘खुशीको गाउँ’ विमोचन गरेका हुन्। उहाँले भूटानबाट निर्वासित भएको पुस्ताले जीवनभर संघर्ष गरेको स्मरण गर्दै अबका दिन सहज हुने विश्वास व्यक्त गरेकी छन्।

साहित्यकार खगिन्द्रा खुशीले झापा र मोरङका शरणार्थी शिविरमा रहँदा भूटानी शरणार्थीले भोगेका असीमित पीडा, शिविरभित्रको प्रेम जीवनसँगै दुई दशकसम्मको अविराम दुःख र संघर्षका गाथालाई उपन्यासमा समेटिएको बताएकी छन्। उपन्यास प्रकाशक संस्था विश्व भूटानी साहित्यिक संगठन (जिबिएलओ) का अध्यक्ष कर्ण गुरुङले ‘खुशीको गाउँ’ उपन्यासले भूटानबाट लखेटिएपछि दुई दशकसम्म गरेका संघर्षका दिन स्मरण गराएको बताए। ‘आफ्नै देशबाट थातथलो छोडेर हिँड्नुपर्दा कस्तो हुन्छ भन्ने कुरा हामीलाई मात्रै थाहा छ । यो उपन्यासले संघर्षका ती दिन झलझली सम्झायो । नेपाली साहित्यका क्षेत्रमा खुशीको गाउँ उपन्यास नवीन शैलीको कीर्तिका रुपमा स्थापित हुनेछ,’ गुरुङले भने।

कार्यक्रममा साहित्यकार गोपाल पौडेलको ‘धुलोमा हिरा’, याम राईको ‘याम एक सापेक्ष’ विमोचन गरिएको छ। कार्यक्रममा गैरआवासीय नेपाली संघका उपाध्यक्ष विश्वासदीप तिगेला, साहित्यकार पातलो अन्तरे तथा साहित्यिक श्रष्टाहरू प्रकाश आङ्देम्बे, गोपाल पौडेल, डेनजोम साम्पाङ, अनुराधा पौडेल, डीपी शर्मा मैनाली, थुप्तेन ड्रुक्पा, ईश्वर ढकाल लगायतले उपन्यास ‘खुशीको गाउँ’सँगै अन्य कीर्तिको समीक्षा गरेका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ