केही दिनको निम्ति यातायात खुल्ला रहने  

Share this news

दार्जीलिङ , 31 जनवरी(निसं): मजुवा मानेभञ्ज्याङको सडक मर्मत कार्य युद्ध स्तरमा भईरहेको भएपनि केही दिनको निम्ति यातायात खुल्ला रहने रंगीत मजुवा डेभ्लपमेन्ट एसोसिएशन-ले जनाएको छ।  रङगीत-मजुवा तामाङ गाउँदेखि दामेगाउँ हुदै मानेभञ्ज्याङ जोड्ने सडक मर्मती कार्य युद्ध स्तरमा हुदैछ तर माध्यमिक परीक्षालाई मध्य नजर राख्दै आगामी 1 फरवरीदेखि 12 फरवरीसम्म यातायात खुल्ला राखिएको एसोसिएशन मुल सचिव सत्यम राईले जनाए।गत केही महिनादेखि भइरहेको सडक मर्मत कार्य हालमा दामेगाउँ स्थित युद्ध स्तरमा भईरहेको छ तथापि माध्यमिक परीक्षामा परीक्षार्थीहरूलाई असुविधा नहोस् भन्ने रङगीत-मजुवा डेभलपमेन्ट एसोसिएशन-को निर्णय भएको हुनाले आगामी 12 दिनको निम्ति यात्री वाहक सबै वाहनहरूलाई यातायात खुल्ला दिइएको छ। तथापि टीफर, माझ्दा अनि ट्रक जस्ता मालवाहक गाडीहरूलाई भने पूर्ण रूपले बन्द राखिएको छ। बदामेगाउँ भएर मानेभञ्ज्याङसम्म कुनै विकल्प सडक नहुनुको कारण तथा सिमेन्टको कंक्रिट ढलाइ भइरहेको हुनार्थ सानो यात्री वाहक दुई तथा चार  चक्के वाहनहरूलाई मात्र यातायात खुल्ला गरिएको हो। तथापि आगामी 13 फरवरीदेखि पुरानो  समय तालिकामा यातायात गरेर सहयोग गरिदिन सबै वाहन चालकहरूलाई आग्रह गरेको छ। आजसम्म समय तालिकामा हिडेर सहयोग गरिदिनु हुने सम्पूर्ण यात्री वाहक वाहन चालकहरूलाई रंगीत मजुवा डेप्लोभमेन्ट एसोसिएशनको तर्फबाट आभार व्यक्त गर्दै सर्वसाधारणलाई भएको असुविधाका निम्ति खेद प्रकट गरेकोछ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ