पैह्रोले अवरुद्ध बनेको 7 माइल बाइपास सड़कमा यातायात सुचारु

Share this news

कम्पोजः यौवन मोथे

कालेबुङ, 30 मई (निसं)ः गएरातिको अविरल वर्षाले 33 नम्बर समष्टि अन्तर्गत कालेबुङ 7 माइल बाइपास सड़कमा ठूलो पैह्रो खस्दा उक्त सड़क पूर्ण रूपमा अवरुद्ध भएको छ्। यो सड़क मंगबोल बस्ती र अरू पाँचभन्दा बढी गाउँहरूको जीवनरेखा मानिन्छ, जसले गर्दा पैह्रोले व्यापक असर पारेको छ।
स्थानीयवासीहरूका अनुसार रातको समयमा खसेको पैह्रोले सड़कका दुबै दिशामा सवारी साधनहरू अड्किएका थिए्। पैह्रोका कारण स्थानीय बासिन्दाहरू दैनिक ओहोरदोहोर, आपतकालीन सेवाहरू र व्यापारमा ठूलो असुविधामा परेका थिए।
घटनापछि शुक्रबार बिहानैदेखि स्थानीय प्रशासनले तत्काल सरसफाइको काम शुरू गर्‍यो। क्षेत्रीय कार्यकारी सभासद् सिनोरा नाम्चु र कालेबुङ पञ्चायत प्रधान तसुथिङ लेप्चाको नेतृत्वमा जेसीबी मेसिनमार्फत पैह्रो हटाउने कार्य गरिएको थियो। तिव्र प्रयासपश्चात् शुक्रबार दिउँसोबाट पुनः यातायात सञ्चालनमा आएको छ।
पत्रकारहरूसँगको कुराकानीमा सभासद् नाम्चुले भनिन्, गएरातिको झरीले 7 माइल बाइपास सड़कमा ठूलो पैह्रो खस्दा स्थानीयवासीहरूलाई अप्ठ्यारो भयो। हामीले तत्काल आवश्यक मेसिनको व्यवस्था गरेर बिहानैदेखि सरसफाइको काम शुरू गरेका थियौँ, अहिले सड़क सुचारू भइसकेको छ।
सभासद् नाम्चुले मनसुन शुरू हुन लागेको उल्लेख गर्दै आगामी दिनमा सम्भावित विपद्हरूका लागि आफू पूर्ण रूपमा तयार रहेको बताइन्। साथै, उनले समष्टिवासीलाई सतर्क रहन र आपतकालीन अवस्थामा प्रशासनसँग सहकार्य गर्न आग्रह गरिन्।
स्थानीय बासिन्दाहरूले नेतृत्व र तिव्र पहलको प्रशंसा गर्दै सडक खोलिएकोमा राहतको महसुस गरेका छन्। वर्षा यामसँगै जोखिम बढ्ने भएकाले प्रशासनले आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ