Anit Thapa statement Darjeeling
Anit Thapa statement Darjeeling

टर्चलाइट निभ्दैन, गोर्खाको सशक्त विधायक पठाऔं:अनित थापाको आह्वान

Share this news

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाले आज पार्वतीय चालक महासङ्घको स्थापनाको दिन ऐतिहासिक रहेको बताए। उनले अघाडि भने, करिब ३० वटा सङ्गठनका साथीहरू जुटेर नयाँ पार्वतीय चालक सङ्घ बनायौं। यो सङ्घले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (बीजीपीएम) लाई समर्थन जनाउने निर्णय गरेको छ। हामीले सबै चालक साथीहरूबाट टर्चलाइटको चिन्हमा भोट मागेका छौं किनभने त्यही चिन्हले हाम्रो पार्टीको उम्मेदवारलाई विजयी बनाउनेछ।

आजको बैठकमा चालकहरूले आफूले भोग्दै आएका थुप्रै समस्याहरू उनीअघि राखेको बताउँदै उनले ती समस्याहरू ध्यानपूर्वक सुनेको बताए। त्यसपछि उनले सबै चालक भाइहरूलाई आग्रह गरे “तपाईंहरूको गाडीमा विभिन्न किसिमका मानिस चढ्छन्। उनीहरूलाई यसो भनिदिनुहोस्: ‘दार्जीलिङको उम्मेदवार पढेको मान्छे छ है। गोर्खा समुदायले पनि विधानसभामा एउटा यस्तो विधायक पठाउनैपर्छ जो बङ्गाली बहुल सदनमा मुख खोलेर बोल्न सकोस्।’ हामी गोर्खा समुदायमा पनि दिग्गज व्यक्तिहरू छन् भन्ने सन्देश यसपालि शिक्षित विधायक बनाएर दिनुपर्छ।”

हाम्रो संगठनको चुनाव चिन्हबारे पनि स्पष्ट पार्न चाहन्छु कि पञ्चायत, जीटीए जस्ता राज्य अधिनस्थ चुनावमा हाम्रो चिन्ह क्यान्डल हुनेछ। तर भारतीय चुनाव आयोगले सञ्चालन गर्ने एमएलएको चुनावमा हाम्रो चिन्ह टर्चलाइट रहनेछ। यो टर्चलाइट पानीले निभ्दैन, हावाले पनि निभाउँदैन। हामीले धेरै राम्रो र दमदार चिन्ह पायौं। थापाले चालकहरूलाई यो पनि भने “तपाईंहरूले सिधा भोट माग्नु नपर्ला, तर हाम्रो पार्टीको उम्मेदवारलाई जिताउन पार्टीले बनाएका चुनावी गीतहरू आफ्नो गाडीमा बजाइदिनुहोस्। हुनसक्छ गीत सुन्दासुन्दै विपक्षीहरू पनि हाम्रो पक्षमा आउन थालुन्!”

अन्त्यमा उनले एउटा यथार्थ पनि बुझाउन चाहे कि यसपालि पश्चिम बङ्गालमा सरकार टीएमसीले नै बनाउनेछ। हामी टीएमसीको गठबन्धनको हिस्सा हौं। त्यसैले हामीले आफ्नो पार्टीको विधायक पठाउन अत्यन्तै जरुरी छ। हामी सबैले टर्चलाइट चिन्हमा एकजुट भएर भोट दियौं भने मात्र हाम्रो आवाज सदनमा पुग्छ।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ