भागोप्रमो तीनधारे समष्टिको कर्मी सभा अनित थापाको अध्यक्षतामा सम्पन्न

Share this news

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा महानदी तीनधारे समष्टिको कर्मी सभा घुम्ती चियाबारीको आदर्श श्रमिक कल्याण भवनमा केन्द्रीय अध्यक्ष अनित थापाको अध्यक्षतामा सम्पन्न भएको छ। चुनाव अघि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाद्वारा विभिन्न समष्टिहरुमा कर्मी सभा आयोजना गर्दै आइरहेको छ भने आज महानदी तीनधारे समष्टिलाई लिएर कर्मी सभा सम्पन्न भएको छ। उक्त सभामा भाग लिन आईपुगेका भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष एवं जीटीए प्रमुख अनित थापा र पार्टी महासचिव अमर लामालाई समष्टिको तर्फबाट भव्य स्वागत जनाएका थिए। दुवैलाई महानदी बजारको मोटर स्ट्याण्डमा स्वागत गरेर घुम्ती चियाबारीको आदर्श श्रमिक कल्याण भवनसम्म‌ बाजा गाजाको साथमा लगिएको थियो। पार्टी पदाधिकारीहरु र कार्यकर्ताहरुले विभिन्न नाराको साथमा आयोजन स्थलसम्म लगेका थिए।‌ कर्मी सभाको शुरुमा जीटीए प्रमुख अनित थापाले घुम्ती चियाबारीमा भूतपूर्व सैनिकहरुको लागि सार्वजनिक भवन र घुम्ती कमानको लागि सार्वजनिक भवन निर्माणको लागि शिलान्यास गरेका छन्। त्यसपछि आयोजित कर्मी सभालाई जीटीए प्रमुख एवं भागोप्रमो केन्द्रीय अध्यक्ष अनित थापा, केन्द्रीय महासचिव अमर लामा, केन्द्रीय उपाध्यक्ष एवं सभासद प्रमोस्कर ब्लोन, भागोप्रमो खरसाङ महकुमा समितिको सचिव एवं सभासद प्रणाम रसाइली आदिले सम्बोधन गरेका थिए। सभालाई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको प्रवक्ता बिपन विश्वकर्मले‌ सञ्चालन गरेका‌ थिए भने स्वागत सम्भाषण तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीले राखेका थिए। यही सभामा विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरुले जीटीए प्रमुख अनित थापालाई सम्मान जनाइएको थियो। यसै कर्मी सभामा घुम्ती चियाबारीबाट ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको छजना भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। सामेल हुनेहरुलाई पार्टी अध्यक्ष अनित थापा र महासचिव अमर लामाको बाहुलीबाट खदार्पणसहित पार्टीको झण्डा प्रदान गरेर स्वागत जनाइएको छ। सभामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको तीनधारे महानदी समष्टिभित्र पर्ने केन्द्रीय, महकुमा,‌ समष्टि स्तरीय, ब्लक स्तरीय र बुथ स्तरीय पदाधिकारीहरु उपस्थित रहेका थिए। यसको साथै चारैवटा ग्राम पञ्चायतको प्रधान, उप प्रधान, पञ्चायत सदस्यहरु, पञ्चायत समिति सदस्यहरु, नारी, युवा, ट्रेड युनियन, जीटीए कर्मचारी संगठन, भूतपूर्व सैनिक, शिक्षक संगठन, विद्यार्थी महासंघ, आँगनवाडी, भिबीडीसी आदिका प्रतिनिधिहरु उपस्थित रहेका थिए।‌ यस कर्मी सभा विषयमा पत्रकारहरुलाई सम्बोधन गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको प्रवक्ता बिपन विश्वकर्मले‌ विस्तृत रुपमा जानकारी गराएका छन्।

Share this news
आजको रोजाइ
अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

आजको रोजाइ