तामाङ बौद्ध संघको तीन दिवसीय महाधिवेशन दार्जीलिङको माग प्रधानमन्त्रीसित भेट हुँदा उठाउने गरेको छु : पीएस गोले

Share this news

दार्जीलिङ, 25 जनवरी (निसं): सिक्किमका मुख्यमन्त्री पीएस गोलेले दार्जीलिङ पहाड़को राजनीतिमा कहिले पनि हस्तक्षेप नगर्ने वचन दिए पनि यहाँका जनताद्वारा उठाइएको अलग राज्यको मागलाई सधैं नै प्रधानमन्त्री, केन्द्रीय गृहम न्त्रीसित भेट हुँदा उठाउने गरेको अवगत गराए। ताकि दार्जीलिङ पहाड़का जनताद्वारा उठाइएको अलग राज्यको मागलाई केही हदसम्म भए पनि टेवा पुग्न सकोस् । शनिवार दार्जीलिङको लेबोङमा आयोजित अखिल भारतीय तामाङ बौद्ध संघको ३८औं वार्षिक महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा गोलेले यस्तो मत व्यक्त ‘गरेका हुन्। यसरी नै तिनले १९८० को दशकमा दार्जीलिङ पहाड़मा भएको गोर्खाल्याण्ड आन्दोलनले नै आफूलाई पनि राजनीतिमा धकेल्ने काम गरेकोशनिवार दार्जीलिङमा तामाङ बौद्ध संघको वार्षिक महाधिवेशनमा सिक्किमका मुख्यमन्त्री पीएस गोलेलगायत अन्यहरू ।

पनि बताए। तिनले ८०-को दशकमा आफू दार्जीलिङ सरकारी महाविद्यालयमा अध्ययनरत रहँदा शुरु भएको गोर्खाल्याण्ड आन्दोलनको पनि स्मरण गरे। यसैबीच, महाधिवेशनको प्रथम दिन मुख्य अतिथिको रूपमा उपस्थित सिक्किमका मुख्यमन्त्रीले तामाङ समुदायलाई अनुसूचितजनजातिको मर्यादा दिलाउन अहम भूमिका निर्वाह गर्ने अग्रजहरूको योगदानलाई कसैले पनि भुल्न नहुने बताए। तिनले भने, ८०-को दशकमा तामाङ समुदायलाई अनुसूचित जनजातिको मर्यादा दिलाउने माग उठिरहेको थियो, त्यस समय तामाङ समुदायका बुद्धिजीवीवर्ग अनि अखिल भारतीय तामाङ बौद्ध संघका अग्रजहरूले अहम भूमिका निर्वाह गरेका थिए। त्यस समय हुने संघको अधिवेशनमा तामाङ समुदायको भीड़भाड़ हुने गर्थ्यो। तर जनजातिको मर्यादा पाएपछि महाधिवेशनमा मानिसहरूको जमघट नै घटेर गएको छ। तिनले महाधिवेशनको प्रथम दिन तामाङ समुदायको कम्ती भेलामा असन्तुष्टि पनि व्यक्त गरे। तिनले तामाङ समुदायको यो महाधिवेशन मनोरञ्जन

गर्ने कार्यक्रम मात्रै होइन भन्दै यो तामाङ समुदायको संस्कृति, संस्कार अनि परम्पराको संरक्षण गर्ने एउटा माध्यम हो भन्ने पनि बताए।विविध रंगारंग कार्यक्रममाझ शुरु भएको अखिल भारतीय तामाङ बौद्ध संघको ३८औं वार्षिक महाधिवेशनको शनिवार प्रथम दिन थियो। यसै महाधिवेशनमा विशिष्ट अतिथिको रूपमा उपस्थित दार्जीलिङका सांसद राजु विष्टले आफ्नो सम्बोधनमा राजनीतिले समाजलाई राम्रो बनाउन सक्तैन भन्ने मत व्यक्त गरे। तिनले भने, आज जात-गोष्ठीका संघ-संस्थाहरूले समाजलाई एकजुट गराउने काम गरिरहेका छन्, तर राजनीतिले समाजलाई राम्रो बनाउन सक्तैन । मैले पनि विगत ६ वर्षदेखि राजनीति गरिरहेको छु, यो त्यसैको अनुभव हो।

फूटबल खेलले मानिसहरूलाई एकजुट बनाउन सक्छ, तर राजनीतिले जनतालाई फूटबल जस्तो खेलाउँछ भन्ने कुरा पनि आफूले अनुभव गरेको सांसद विष्टले बताए। यसका साथै तिनले उपस्थित तामाङ समुदायलाई सम्बोधन गर्ने क्रममा एकजुट भएर सबै अघि बढ्न सके नै लक्ष्यमा पुन सकिन्छ भन्ने पनि बताए। दार्जीलिङको लेबोङ गोर्खा स्टेडियममा शुरु भएको तीन दिवसीय तामाङ महाधिवेशनको प्रथम दिन बिजनबारी बजारका कलाकारहरूले स्वागत नृत्य प्रस्तुत गरेका थिए। यसरी नै राज्यको अल्पसंख्यक विभागका उपाध्यक्ष जोन बारला पनि विशिष्ट अतिथिको रूपमा उपस्थित थिए। तिनले आफ्नो

वक्तव्य प्रस्तुत गर्दै केन्द्र अनि राज्य सरकारका अल्पसंख्यक विभागमा अल्पसंख्यक समुदायका लागि धेरैवटा योजनाहरू रहेको जानकारी गराउँदै यसबारे अधिकांश मानिसहरूलाई थाहा नै नहुने बताए। तिनले भने, बौद्ध, ईसाई, पारसी बंगालमा अल्पसंख्यक समुदायभित्र पर्छन् अनि यी समुदायको उत्तरोत्तर विकासका लागि धेरैवटा योजनाहरू रहेका छन्, जसको फाइदा प्रायः सबैले नै उठाउन सकिरहेका छैनन् । अल्पसंख्यक समुदायका विद्यार्थीहरूलाई विदेशमा पढ्नको लागि पढ़ो परदेश भन्ने एउटा योजना छ, जुन योजनाबाट अल्पसंख्यक समुदायका विद्यार्थीहरूलाई विदेशमा पढ्नको लागि ऋण उपलब्ध गराइन्छ। तर यस योजनाबारे अल्पसंख्यक समुदायलाई राम्रोसित थाहा नै छैन।

यति मात्रै होइन, यस्ता अन्य पनि धेरैवटा योजनाहरू छन्। यसैले राज्यकी मुख्यमन्त्री ममता व्यानर्जीले मलाई अल्पसंख्यक विभागको जिम्मेवारी दिएकी छन्, यसबाट म बौद्ध तथा अन्य अल्पसंख्यक समुदायको हरसम्भव सहयोग गर्नेछु। यसको लागि तिनले अखिल भारतीय तामाङ बौद्ध संघका पदाधिकारीहरूलाई सम्पर्कमा बस्ने पनि आह्वान गरे। अखिल भारतीय तामाङ बौद्ध संघको ३८औं वार्षिक महाधिवेशनमा दार्जीलिङ पहाड़ मात्रै होइन, डुवर्स, सिक्किम, झारखण्डसँगै अन्य स्थानहरूबाट पनि तामाङ सदस्यहरू उपस्थित रहेका थिए। उनीहरूले तीन दिने नै सहभागिता जनाउने भएको जानकारी पाइएको छ।


Share this news
आजको रोजाइ
अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

आजको रोजाइ