मन्दिर र गुम्बामा चोरी गर्ने समूह उदाङ्गो मुख्य आरोपी पक्राउ

Share this news

कालेबुङ, १८ जून: कालेबुङ जिल्लामा पछिल्लो समय बढ्दो मन्दिर र गुम्बाहरूमा हुने चोरी घटनामा संलग्न रहेको आरोपमा सिक्किमको गान्तोक निवासी किरण दर्जीलाई कालेबुङ जिल्ला पुलिसले पक्राउ गरेको छ। तिनलाई सिलगढ़ीको पानी ट्याङ्की क्षेत्रबाट पक्राउ गरिएको हो।
पक्राउपछि पत्रकार सम्मेलनमा डीवाईएसपी हेडक्वार्टर भानु राईले विस्तृत जानकारी दिँदै बताएअनुसार दर्जीविरुद्ध कालेबुङ जिल्लाभरिका मन्दिर र गुम्बा मिलाएर छवटा चोरीका घटनासित सम्बन्धित मुद्दाहरू दर्ता भएका छन्। तिनले बताएअनुसार केही समयदेखि जिल्लाभरि धार्मिक स्थलहरूमा चोरीका घटना बढिरहेका थिए जसमाथि पुलिसको जाँच
चलिरहेको थियो।
राईअनुसार हनुमान मन्दिर, पागङ गुम्बा, सिङजी गुम्बा, किर्ने मन्दिर, ६ माइलको नाग मन्दिर, १६ माइलको शिवालय र शेर्पा गुम्बाहरूमा पहिले नै चोरी भइसकेको थियो। चोरी जाँचका क्रममा सीसीटीभी फूटेज विश्लेषण गर्दा सिक्किम नम्बर प्लेट भएको एक अल्टो कार प्रयोग गरिएको प्रमाण भेट्टाइयो। उक्त गाड़ीको माध्यमबाट जाँचलाई अघि बढाउँदा किरण दर्जीको फोन नम्बर ट्रेस गरी निगरानी बढ़ाइएको तिनले जनाएका छन्। पुलिसले नाका चेकिङ्ग कठोर गरे पछि एक समय संलग्न व्यक्तिहरूको जम्काभेट भएको थियो। तर नगरकट्टाको नाकामा राखिएको पुलिस भ्यानलाई ठक्कर दिई
ती व्यक्तिहरू भाग्न सफल भए। पछि जब तिनीहरू मालबजारतर्फ भागिरहेका थिए त्यस क्रममा तिनीहरू सवार अल्टो कार अनियन्त्रित भएर पल्टियो। गाड़ी छोडेर तिनीहरूले त्यहाँबाट सुइँकुच्चा ठोके। उक्त वाहनलाई मालबजार थाना पुलिसले नियन्त्रणमा लियो।
त्यसैबीच फोन सिम कार्ड ट्रेसिङ प्रविधिको प्रयोग गरेर मुख्य आरोपी किरण दर्जीलाई अन्ततः पक्राउ गरिएको छ। यस घटनामा थप संलग्नता र चोरीमा प्रयोग गरिएका सामग्रीहरूको खोजी कार्य जारी रहेको बताइएको छ।


Share this news
आजको रोजाइ
माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन