Buddhist religious ritual Siliguri
Buddhist religious ritual Siliguri

सिलगढी बुद्धिस्ट एसोसिएसनद्वारा १४ जुनमा छेतार पूजा आयोजन गरिने

Share this news

सिलगढी बुद्धिस्ट एसोसिएसनको आयोजनामा आगामी १४ जुनका दिन विशेष “छेतार पूजा” सम्पन्न गरिने भएको छ। बौद्ध धर्ममा करुणा, अहिंसा तथा जीवप्रति दयाभावको प्रतीक मानिने यस धार्मिक अनुष्ठानको तयारी अहिले भडो उत्याह र तीव्र रूपमा भइरहेको जनाइएको छ। एसोसिएसनका अध्यक्ष डीबी योञ्जनले जानकारी दिएअनुसार, गुरूङ बस्तीमा अवस्थित डोह नाङ छोइ खोरलीङ्ग गुम्बामा पूजा तथा धार्मिक कार्यक्रमहरू दैनिक रूपमा सञ्चालन भइरहेका छन्। गुम्बामा भक्तजनहरूको उपस्थिति बढ्दै गएको र छेतार पूजालाई भव्य रूपमा सम्पन्न गर्न विशेष तयारी भइरहेको उनले बताए। कार्यक्रमअन्तर्गत १४ जुनका दिन भारत–बंगलादेश सीमावर्ती क्षेत्र गजलडोबामा हजारौँ जीवित माछाहरू दान तथा मुक्त गरिनेछ। बौद्ध परम्पराअनुसार “छेतार” अर्थात् जीवनदान कार्यक्रमलाई पुण्य, करुणा र जीवमात्रप्रतिको सम्मानको अभ्यासका रूपमा लिइन्छ। अध्यक्ष योञ्जनले गुम्बामा दैनिक भइरहेको पूजा–पाठ तथा धार्मिक कार्यक्रममा सर्वसाधारणलाई उपस्थित भई पुण्य लाभ लिन आग्रह गरेका छन्। उनले समाजमा शान्ति, सद्भाव र करुणाको सन्देश फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। सिलगढी तथा त्यस वरपरका बौद्ध समुदायमा यस कार्यक्रमप्रति विशेष उत्साह देखिएको जानकारी पाइएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ