गोर्खाको गौरव प्रशान्त तामाङ पञ्च तत्वमा विलीन

Share this news

दार्जीलिङ, 13 जनवरी (निसं): लाखौँलाई रुवाए पनि मुम्बईदेखि दार्जीलिङसम्मलाई एक बनाएर गए प्रशान्त तामाङ। उनको अन्तिम दर्शन गर्न इण्डियन आइडल सिजन-३-मा एकसाथ गायन प्रस्तुति दिने मियांङ च्याङ, पर्लिन गिल साथै अन्य पनि दार्जीलिङ आएका थिए। उनलाई श्रद्धाञ्जली दिन पर्लिन गिलले प्रशान्त तामाङकै मनपर्ने गीत पनि प्रस्तुत गरे। आँखाभरि आएको आँसुलाई हातले – पुछ्दै भए पनि पर्लिनले आफ्ना दिवंगत साथीका लागि गीत गाए अनि भक्कानों फुटाएर रोए।यस समय प्रशान्तलाई विदा दिन आएका शुभचिन्तक तथा कलाकारहरू पनि भावुक बनिरहेका थिए। केही समयपछि दार्जीलिङको आलुबारी शव दहनस्थलमा नै बौद्धधर्म गुरुहरूको मन्त्रोच्चारणसँगै प्रशान्तकोपार्थिव शरीर अग्निदेवसमक्ष अर्पण गरियो।
केही समयपछि नै प्रशान्त खरानीमा परिणत भए। सन् २००७ मा आफ्नो गायन प्रतिभाद्वारा विश्वभरि छरिएर बसेका गोर्खा वा नेपाली सन्तानलाई एकवद्ध बनाउन सफल बनेका प्रशान्त तामाङ आफ्नो जीवनसित हारे। उनी सम्पूर्ण नेपालीगोर्खाको मनमा अमिट छाप बनेर रहे पनि उनको जीवन यो संसारबाटै मेटिएर गयो। अब प्रशान्तको त्यो मधुर स्वर केवल विगतका रेकर्डहरूबाट मात्रै श्रवण गर्न सकिनेछ।यसैबीच, प्रशान्तसितै इण्डियन आइडल सिजन-३-मा भाग लिने गायक पर्लिन गिलले प्रशान्तसित भएका कुराहरू पनि सार्वजनिक गरे। त्यस समय प्रशान्तलाई इण्डियन आइडल बन्छु भन्ने त्यति आशा नै थिएन, तर उनलाई यहाँका जनताले जस्तो सहयोग गरे, त्यसको लागि प्रशान्तको तर्फबाट म सबैलाई धन्यवाद दिन्छु भन्दै पर्लिन गिल फेरि भावुक बने।
उनी ठीकसित बोल्न पनि सकिरहेका थिएनन्। किनभने, उनीसितै त्यस इण्डियन आइडलको मञ्चमा गीत गाउने परम मित्र प्रशान्तको शव छेवैमा जलिरहेको थियो। यसका साथै उनलेभावी दिनमा प्रशान्तको परिवारलाई सबैले सहयोग प्रदान गरिदिनुपर्ने पनि अपील गरेका छन्। यसरी नै उनले देशका प्रधानमन्त्री नरेन्द्र मोदी, पश्चिम बंगालकी मुख्यमन्त्री ममता व्यानर्जीको तर्फबाट पनि प्रशान्त तामाङप्रतिश्रद्धाञ्जली अर्पण गरिएको मा उनीहरूप्रति पनि गिलले आभार व्यक्त गरे। स्मरण गराइन्छ, गत ११ जनवरीको बिहान प्रशान्त तामाङको दिल्लीमा हृदयाघातको कारण निधन भएको थियो। जसको शव दिल्लीबाट सोमबार ‘बाघडुग्रा हवाईअड्डा हुँदै दार्जीलिङ ल्याइएको थियो। जसको शवलाई नागरिक सम्मानका लागि सोमवार चौरास्तामा केही समयसम्म राखिएको थियो। जहाँ विभिन्न राजनीतिक पार्टीका नेतृत्ववर्ग, कार्यकर्ताहरूका साथै आम नागरिक भेला भएका थिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ