The number of tourists has increased in tourism centers

पर्यटन केन्द्रमा बढ्यो पर्यटकहरूको चहल पहल

Share this news

तराई खण्डमा अत्याधिक गर्मी बडेपछि मिरिकको शीतल वातावरणमा समय बिताउन धेरै पर्यटकहरू मिरिक पर्यटन केन्द्रमा आइरहेका छन्। मिरिकमा शुक्रबार पानी परेपछि शीतल वातावरण बनेको थियो। फलस्वरूप मिरिक पर्यटन केन्द्रमा पनि पर्यटकहरूको चहल पहल बडेको देखियो। पर्यटकहरूको आगमन बडेपछि यहाँको होटल अनि रेस्तुराँहरूमा पर्यटकहरूको चहल पहल अधिक देखियो भने मिरिक फूलबारी, हेलीप्याट, बोकार मोनस्ट्री आदि ठाउँहरूमा पनि पर्यटकहरूले घुमफिर गरिरहेको देखियो। मिरिक पर्यटन केन्द्रको मुख्य आकर्षण मिरिक झीलमा चल्ने नौका पर्यटकहरूको लागि मुख्य आकर्षण बन्न पुगेको थियो। मिरिक झीलमा चल्ने शिकारा अनि पेयडल नौकामा पर्यटकहरू सवारी गरेर मिरिकको शीतल वातावरणको आनन्द उठाइरहेका थिए। मिरिक पर्यटन केन्द्रमा घुम्न आउने पर्यटकहरूले घोडा सवारी, जातीय भेषभूशा लगाएर मनोरन्जन गरिरहेका थिए भने यहाँ रहेको थ्री सिक्सटी सेल्फी बुथमा रिल बनाउनेहरूको संख्या पनि अधिक रहेको थियो। मिरिकको शीतल वातावरणमा समय विताउन पाउँदा अति आनन्दित लागेको आसमबाट आएका एक पर्यटकले जानकारी गराउँदै मिरिक पर्यटन केन्द्रमा घुम्न आउँदा कुनै असुविधा नभएको अनि मिरिक पर्यटन केन्द्र सुन्दर र ब्यावस्थित रहेको बताए।

Share this news
आजको रोजाइ
प्रथम टी-टेन क्रिकेट टुर्नामेन्टको विजेता दल डीआईबी खरसाङ

प्रथम टी-टेन क्रिकेट टुर्नामेन्टको विजेता दल डीआईबी खरसाङ

स्टेडियम निर्माण कमिटीद्वारा हस्ताक्षर अभियान

स्टेडियम निर्माण कमिटीद्वारा हस्ताक्षर अभियान

आनन्द गाउँमा बाटो पुगेकोमा अनित थापालाई धन्यवाद

आनन्द गाउँमा बाटो पुगेकोमा अनित थापालाई धन्यवाद

इन्टरलोक्युटर बीट मार्नलाई मात्र नियुक्त गरिएको होः एनबी छेत्री

इन्टरलोक्युटर बीट मार्नलाई मात्र नियुक्त गरिएको होः एनबी छेत्री

गोरामुमोद्वारा 21 औँ छैटौँ अनसूची दिवस पालन

गोरामुमोद्वारा 21 औँ छैटौँ अनसूची दिवस पालन

लङ्भ्यू चिया बगानको समस्या समाधान गर्न सबै राजनीतिक दल एकबद्ध हुन पर्छ

लङ्भ्यू चिया बगानको समस्या समाधान गर्न सबै राजनीतिक दल एकबद्ध हुन पर्छ

खरसाङ्मा अन्तर्राष्ट्रिय पर्यावरणीय चलचित्र महोत्सव आरम्भ

खरसाङ्मा अन्तर्राष्ट्रिय पर्यावरणीय चलचित्र महोत्सव आरम्भ

राष्ट्रिय रामार्ग 110 भइसकेको भए तापनि राष्ट्रिय मार्गमा लगाइएको पुराना साईन बोर्डहरू परिवर्तना गर्ने कार्य अझसम्म भएको छैन

राष्ट्रिय रामार्ग 110 भइसकेको भए तापनि राष्ट्रिय मार्गमा लगाइएको पुराना साईन बोर्डहरू परिवर्तना गर्ने कार्य अझसम्म भएको छैन

मुख्य 3 उपलब्धिहरूलाई चिह्नित गर्न समारोह आयोजित

मुख्य 3 उपलब्धिहरूलाई चिह्नित गर्न समारोह आयोजित

मरमा चियाबारीमा थेकचेन नामद्रोलिङ गोम्पाको निर्माण शुरू हुने

मरमा चियाबारीमा थेकचेन नामद्रोलिङ गोम्पाको निर्माण शुरू हुने

आजको रोजाइ